संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध भेदभाव उन्मुल गर्ने समिति (सिड) मा नेपालले आउँदो साता सातौं आवधिक प्रतिवेदन बुझाउँदैछ । स्वीट्जरल्यान्डको जेनेभामा फेब्रेअरी ३, ४ र ५ मा हुने सिडको बैठकमा नेपाल सरकारको तर्फबाट सातौं आवाधिक प्रतिवेदन र नागरिक समाजको तर्फबाट छायाँ प्रतिवेदन बुझाइँदैछ ।

सिड कमिटीको बैठकमा सरकारको तर्फबाट महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुढी र सचिव लक्ष्मी बस्नेतको नेतृत्वका १० सदस्य टोली सहभागी हुनेछ भने नागरिक समाजको तर्फबाट महिला, कानुन र विकास मञ्च(फडब्लुएलडी)लगाएत विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि बैठकमा सहभागी हुँदैछन्। नेपालको तर्फबाट पहिलो पटक १७ वर्षीया प्रकृति श्रेष्ठले किशोरीका बारेमा प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
महिला कानुन र बिकास मन्च (FWLD) लगाएत १०६ वटा गैरसरकारी संस्थाको तर्फबाट छायाँ प्रतिवेदन बुझाइने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एफडब्लुएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठले जानकारी दिनु भयो । उहाँले छायाँ प्रतिवेदनमा महिलाविरुद्ध हुने भेदभावका १६ वटा विषय समेटिएको र त्यसमध्ये एचआईभी इस्यु पहिलो पटक समावेश गरिएकोे बताउनु भयो ।

१६ वटा विषयमा व्यापक छलफल र विचार मन्थनपछि छायाँ प्रतिवेदन तयार भएको कार्यक्रममा बताइएको थियो । सातवटै प्रदेशमा यी विषयमा छलफल भएको उहाँले बताउनु भयो । यसपटक शरणार्थी महिलाका विषय पनि समेटिएको छ, निर्देशक श्रेष्ठले भन्नु भयो, ‘गण्डकी प्रदेशको पोखरामा तिब्बती शरणार्थी र झापाका भुटानी शरणार्थी महिला र श्रमिकका विषय पनि यसपटकको छायाँ प्रतिवेदनमा समेटिएको छ ।’

महिलाविरुद्ध हुने भेदभाव कानुन, महिलाप्रति राज्यको दायित्व, लंैङ्गिक उत्तरदायित्वको बजेट, समानतामा पुग्ने विशेष उपाय, साइबर अपराध, महिलाको न्यायमा पहुँचलगायत १६ वटा विषय नागरिक समाजले बुझाउने छायाँ प्रतिवेदनमा समेटिएको छ एफडब्लुएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिर्दै युएनको सिड कमिटीमा २३ सदस्य हुने, त्यसमध्ये एक सदस्य नेपाली भएकाले २२ जनाले नेपालको प्रतिवेदन अध्ययन गर्ने निर्देशक श्रेष्ठले जानकारी दिनु भयो । Photo: Deepa Ale




















