अवैध लागूऔषध गाँजा बरामद

मिथिला नगरपालिका-८ बडहरी पुलबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम आइतबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवर र अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले बागमती प्र-०२-०२९ प ३७३६ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकल र ब्याग छोडी मोटरसाइकलमा सवार २ जना व्यक्तिहरू फरार भए पश्चात् ब्याग तलासी गर्दा प्रहरीले उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । सवारी दुर्घटनामा चार जनाको मृत्यु