हनी ट्रयाप संलग्न रहको अभियोगमा चितवन रत्ननगर नगरपालिका–८ घर भईकाठमाडौं महानगरपालिका(१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई मंगलबारदिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाईराइस कुकर बनाउने बहानामा पटक पटक मोबाइलमा सम्पर्क गरी माग गरे अनुसारको रकमनदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र प्रहरी तथा परिवारमा समेत भनी दिन्छुभनी धाक धम्की, डर त्रास देखाई पीडितसँग रकम असुली गरेको भन्ने सूचना प्राप्त हुनासाथकाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका१३ कुलेश्वरबाट पक्राउ गरेको हो ।उनलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथाकारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


















