अन्तत केजरीवालको दिल्ली मोडेल माथि मोदीको गुजरात मोडेलको जित

२७ वर्षपछि दिल्लीमा फेरि भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने देखिएको छ। भारतको निर्वाचन आयोगले भारतको शनिबार दिउसो सार्वजनिक गरेको नतिजा अनुसार, विधानसभा निर्वाचनमा भाजपा २ सिट जितिसकेको छ र ४६ सिटमा अग्रता लिएको छ, जसको कुल संख्या ४८ छ । आम आदमी पार्टी (आप) ले पनि २ सिट जितेको छ भने २० सिटमा अग्रता लिएको छ, जसको कुल संख्या २२ पुगेको छ । कुनै समय महात्मा गान्धी, जवाहरलाल नेहरु र इन्दिरा गान्धीले नेतृत्व गरेको कांग्रेसले कुनै सिट जित्न सकेको छैन।

दिल्लीका ७० सिटमध्ये कंग्रेसले जारी मतगणनामा कहीँ पनि अग्रता लिएको छैन। मत प्रतिशतको हिसाबले पनि कांग्रेसको अवस्था दयनीय देखिएको छ । आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरीवाल नयाँ दिल्लीबाट पराजित भएका छन् । उनलाई भाजपा उम्मेदवार प्रवेश वर्मा ले हराएका हुन ।

यो नतिजाले दिल्लीको राजनीतिकमा ठूलो परिवर्तन देखाएको छ । दिल्लीबाट पराजित भए पछि अरविन्द केजरीवाले पछिल्लो १० वर्षमा आफुहरुले शिक्षा स्वास्थ्य पानी बिजुली दिल्लीको भौतिक संरचना सुधा गर्ने कोशिस लगायतका क्षेत्रमा धेरै काम गरेको बताएका छन । चुनाव हारेपछि पनि जनताको आदेशअनुसार जिम्मेवार प्रतिपक्षीमात्र नभई समाजसेवामार्फत जनताको सुखदुखमा निरन्तर जोडिने उनले बताएका छन ।

यस अघि सन् २०१४ को १६ औं लोकसभा निर्वाचनमा भारतीय राजनीतिमा ‘गुजरात मोडेल’ र दिल्ली मोडेलको खुबै चर्चा चलेको थियो । किनकि गुजरात मोडेल नै त्यो एक महत्वपूर्ण अस्त्र थियो, जसले भाजपालाई पहिलोपटक बहुमतसहित सत्तामा पुराएको थियो ।
गुजरात मोडेलको अर्थ नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री हुँदा सन् २००२–२०१२ बीचको १० बर्षको अवधिमा भएको राज्यको भौतिक पूर्वाधार निर्माण र उद्यमशीलता बृद्धिद्धारा हासिल आर्थिक विकास थियो ।

मोदीले गुजरात शासनकालमा राज्यमा फराकिला ठूला सडक, रेल्वे, एयरपोर्ट, बाँध र बन्दरगाहलगायतका ठूला भौतिक पूर्वाधार सुधार र निर्माणमा विशेष जोड दिएका थिए । साथै, कर्पोरेट प्रचलन र लगानी आकर्षण उनको मोडेलको अर्को महत्वपूर्ण पाटो थियो ।

केजरीवालको दिल्ली मोडेल भने मोदीको गुजरात मोडेल भन्दा उल्टो छ । केजरीवालले ठूल्ठूला भौतिक पूर्वाधार विकास र कर्पोरेट सुविधामा हैन, सर्वसाधारणको शिक्षा, स्वास्थ्य र सुविधामा विशेष: ध्यान दिइरहेका थिए । केजरीवालले सरकारी स्कुलको गुणस्तरमा उल्लेखनीय सुधार ल्याए । सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउँन विशेष जोड दिए, खानेपानी र विजुली निशुल्क वितरण गरेका छन् ।

शहरिया गरिब र झुपडपट्टीवालाको आवास स्थिति सुधारमा जोड दिएका छन् । केजरीवालको दिल्ली मोडेलमा शासनप्रशासनको गुणस्तर सुधार, भ्रष्टाचार निवारण र आर्थिक मितव्ययीताले बिशेष महत्व पाएको थियो । यस अघि बिभिन्न आरोपमा मोदीको सरकारले केजरीवाल पक्राउ समेत गरेका थिए । उनीहरु बिच टकराब थियो अन्नत मोदी नै बिजयी भए ।