गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ । चौहानले औचारिकरूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको बताएकी छन् । मंगलबार सामाजिक सञ्जालबाट पति विष्णु सापकोटालाई उनले बाँकी जीवनका लागि शुभकामना दिएकी छन् ।
जिल्ला अदालत काठमाडौंमा उनीहरूले आज सम्बन्धविच्छेद गरेका हुन् । केहि समयअघि एलिनाले सम्बन्धविच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएकी थिइन् ।एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरु विवाहको ९ महिनामै छुट्टिएका हुन् । एलिनाले विष्णुसँग केही पनि नलिई सम्बन्धविच्छेद गरेकी हुन् ।


















