मधेस कृषि विश्वविद्यालयमा कर्मचारीहरूले लगाए ताला

दुई राजनीतिक दलको द्वन्द्वको चेपुवामा परेको मधेस कृषि विश्वविद्यालयमा कर्मचारीहरूले तालाबन्दी गरेका छन् । ६ महिनादेखि तलबभत्ता नपाएका त्यहाँ कार्यरत कर्मचारी तथा उपप्रध्यापकले आज विश्वविद्यालयमा तालाबन्दी गरेका हुन् ।

सप्तरीको राजविराजस्थित विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, प्रशासन शाखा, प्रशासनिक भवनको तथा शैक्षिक भवनको मुलगेटमा ताला लगाइएको छ । भवन शिलान्यासको विषयलाई लिएर विश्वविद्यालयमा भएको विवादबारे छानबिन गर्न मधेस प्रदेश सरकारले छानबिन समिति गठन गरेको थियो । त्यसरी छानबिन समिति गठन गरेपछि शैक्षिक गतिविधिबाहेक अरू कामकारबाहीमा रोक लगाइएको थियो ।