यो हप्ताभरी पुर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते दिएको वक्तव्यलाई लिएर राजनैतिक वृतमा विभिन्न कोणबाट चर्चा परिचर्चा भईरहेको छ । एक थरी शक्ति खास गरी राप्रपा बाण्डका राजावादीले राजाले विगतमा पनि यस्ता वक्तव्य दिने गरेकोले यो त्यस कै निरन्तरता भएको बताउने गरेका छन । साथै उनीहरुले राजा पुन: देशको नेतृत्व लिन तयार छन छैनन भन्ने जनस्तरमा प्रश्न उठ्ने गरेकोमा अब यो वक्तव्य पछि राजाले आफु नेतृत्व लिन तयार रहेको प्रष्ट पारेको समेत बताउने गरेका छन ।
ठुला र सत्तासिन दलले पुर्वराजा ज्ञानेन्द्रको वक्तव्यलाई धरै महत्व दिनु जरुरी नभएको बताएका छन । तर षडयन्त्रको सिद्धान्त (कन्सपेरीेसी थ्योरीमा)मा विश्वास गर्नेहरु चाहे ती राजा मान्ने होउन वा नमान्ने दुवै थरी कथित विद्धानहरुले यसमा ठुलो रहस्य लुकेको निष्कर्ष सहित अतिवादी अभिव्यक्ति दिईरहेका छन । राजावादी मार्काकाहरुले राजा आउने निश्चित भएको सपना देख्न थालेका छन् भने विरोधी खेमाका बाबुराम भट्टराई मार्काकाले गणतन्त्र नै जाने भयो भने जसरी पुर्वराजालाई थुन्नु पर्नै सम्मका अभिव्यक्ति दिने गरेका छन । वास्तवमा उनीहरु दुवै थरीका विश्लेषणहरु तथ्यमा आधारीत छैनन् । उनीहरुले मनोगत विश्लेषणलाई षडयन्त्रको सिद्धान्त (कन्सपेरीसी थ्योरीमा)का नजरबाट हेरेका छन । वक्तव्यको यर्थात भनेको पुर्वराजाले जनताको निराशा माथि व्यापार गर्न खोजेका मात्र हुन । उनी कुशल व्यापारी हुन ,बजारमा के बिक्दछ भन्ने उनलाई थाहा छ ।
जनताको निराशामा यो विकाउ थियो त्यसैले उनले यही बोले ।वक्तव्यमा पुर्वराजाले “शाहबंशीय राजाहरूले सधैं लोक सम्मतीको आधारमा शासन गरेको” बताए छन तर पुर्वराजा ज्ञानेन्द्रलाई कोतपर्व ,भण्डारखाल पर्व ,नारायणहीटी दरवार हत्याकाण्डका ईतिहास थाहा छन, अनी नेपाली जनतालाई पनि यो ईतिहास थाहा छ भन्ने नबुझ्ने कुरै भएन । जुन कार्यले “शाहबंशीय राजाहरूले सधैं लोक सम्मतीको आधारमा शासन गरेको” देखिन्छ कि षडयन्त्र र मारकाटबाट त्यो व्याख्या गरिरहनु परेन ईतिहासकारले गरिसकेका छन ।
आज पर्यन्तका राजाका शासनहरू सामन्ति, हुकुमी र निरंकुश प्रकारकै रहेको पुर्व राजा ज्ञानेन्द्रले थाहा नपाउने कुरै भएन किनकि २०५९मा पछिल्लो पटक राजा आफैले शासन गरे जुन शासन कस्ता भन्ने हामी भोग्नेलाई भन्दा गर्नैलाई बढी थाहा छ । २००७ सालको क्रान्ति पछि राजा बनेका ज्ञानेन्द्रलाई यो बेला बालकै भएकोले थाहा नभए पनि पछि २००७ सालको क्रान्ति राजा र जनताको सहयोगबाट भएको हो कि भारतको सहयोगमा नेकाको नेतृत्वमा भन्ने राम्ररी नै थाहा छ । बरू दिल्ली प्रवासका दौरान हैदरावाद हाउसमा राखिएका राजालाई राख्न, श्री ३ मोहन शम्सेर र नेका बीच भारतले कसरी समझदारी गरायो त्यसमा त्रिभुवनको भुमिका के थियो यो सबैलाई थाहा नहुन सक्छ तर राज प्रजातन्त्र ल्याउन होईन राणाबाट अधिकार लिन कांग्रेस भारतको अडेस लागेको त्यस पछिका घटनाले देखाउँछ ।
विगतको ईतिहास बिर्सिएर दोस्रो जनआन्दोलनको परिणामको बेला “जनताले चाहेको हुनाले जनताको नासो (सत्ता) राजनीतिक दलहरूलाई सुम्पेको” हो कि देश मै आरामले बसेर व्यपार गर्न खोजेको हो यो कुरा त बढी पुर्व राजा ज्ञानेन्द्र शाहलाई नै थाहा छ । दरबार छाड्नुअघि उनले पत्रकार सम्मेलनमा वक्तव्य दिए, “मैले देश छोडेर जाने सोच बनाएको छैन।,म मातृभूमि नेपालकै बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु।” पुर्वराजालाई स्थिती बिग्रिय देश छाड्नु पर्दछ भन्ने राम्ररी थाहा छ । अहिले नचाहिदो सत्ता लोभ गर्दा स्थीती बिग्रीयो भने देश छोडेर जाने दिन आउन सक्छ यसमा चाहि ध्यान नपुगेको हो कि? सबैलाई थाहा छ ,संविधानसभाले देशमा गणतन्त्र घोषणा गरेपछि राजा ज्ञानेन्द्र शाहले २०६५ साल जेठ २९ गते नारायणहिटी राजदरबार छाडेर निस्किएका थिए। संविधानसभाको २०६५ साल जेठ १५ गते बसेको पहिलो बैठकले गणतन्त्र घोषणा गरेपछि मन्त्रिपरिषद्ले उनलाई दरबार छाड्न १५ दिनको समयसीमा दिएको थियो। त्यस पछि “जनताले चाहेको हुनाले जनताको नासो राजनीतिक दलहरूलाई सुम्पेको” बताएका थिए । २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधनको अन्त्यमा भनेका थिए–‘नेपालप्रति न्याय गर्न नसक्ने, जनताको सामुहिक विवेकमा विश्वास गर्न नसक्ने र शान्तिको पक्ष लिन नसक्नेलाई मातृभूमिको भार लाग्दछ भन्ने कुरा हामी फेरि पनि दोहोर्याउन चाहान्छौं ।’
यो कुरा आफ्नो हकमा लागु हुन्छ हुन्न पुर्वराजालाई हामी सामान्य मान्छेले प्रश्न गर्न नसुहाउला ?
हो अहिले मुलुकमा व्यथिती छ यो सत्य हो। तर अहिले मुलुकमा व्यथित हटाउन पूर्वराजा ज्ञानेन्द्रसँग पनि कुनै सुत्र छैन भन्ने पनि उनी जानाकार हुनु पर्दछ । त्योसो हुदा कथंकदाचित शक्तिमा गए भने गुनासो उनीप्रति नै हुन्छ । यो जान्दा जान्दै जुन वक्तत्व्य दिए यो जनताको निराशा माथी व्यापार गर्न खोजेका मात्र हो ।
राजा आउन कित सबै दल मिलेर दूई तिहाईबाट संविधान संसोधन गर्नु पर्याे संविधान संसोधन गर्द पनि प्रस्तावनामा भएको गणतन्त्र संसोधन नहुने भन्ने पनि छ त्यो के हुने ? अर्काै कित राप्रपा वा केशर बहादुर, दर्गा प्रसाईहरुको संसदमा दुई तिहाई सिट आएर वर्तमान संविधान संसोधन गरी राजा लाई स्थान दिनु पर्याे । तत्काल यी दुबै सम्भव छैनन । यसको विकल्प जनआन्दोलन हो राजा ल्याउन जन आन्दोलन पनि हुन्न । आन्दोलन कसले गर्ने राप्रपाको प्राथमिकतामा पनि राजतन्त्र पर्दैन। उपप्रधानमन्त्री सहित शक्तिशाली मन्त्रालय पाए सरकारमा गई हाल्छ । त्यसैले नत बाबुरामहरु तर्सन जरुरी छ नत राजावादी होस नै आवश्यक छ । यदि विदेशीले ल्यादिन्छन भन्ने हो भने आफै माथि विस्वास नगर्नेलाई केही भन्नु छैन ।
पछिल्ले समय धेरैले जनताको निराशा मा व्यापार गर्न खोजेको देखिन्छ चाहे ती ज्ञानेन्द्र शाह होउन वा रवि लामिछाने र दुर्गा प्रसाई सबैको सोच एउटै हो । जनताको निराशालाई व्यापारिकरण गर्ने सोच । निरास जनता लाई भड्काएर धमिलो पानीमा माछा मार्ने दुस्साहस मात्रै । नपुग्ने सपना देख्दा ज्ञानेन्द्र शाहको नागार्जुन वन क्षेत्रमा सरकारले उपलब्ध गराएको सरकारी आवास समेत खोसीन सक्छ । व्यपार व्यवसायमा असहज हुन सक्छ ।
“मैले देश छोडेर जाने सोच बनाएको पनि छैन। म मातृभूमि नेपालमा नै मुलुकको वृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु।” भन्ने चाहना पुरा नहुन सक्छ किनकि लोकप्रिय राजा वीरेन्द्रको वंशनाशपछि जनताको आदर सम्मान गुमाएको २५० वर्ष पुरानोे शाहवंशीय राजतन्त्रविरुद्ध लाखौं मान्छेलाई विनाशर्त सडकमा ल्याउने प्रेरक कदम पनि तत्तकालिन राजा ज्ञानेन्द्रको माघ १९ को कदम हो भन्ने पनि धेरै विद्धान अहिले पनि छँदै छन । उनले शाही घोषणाबाट सत्ताच्यूत मात्रै भएनन्, गद्दीच्यूत हुने आधार पनि आफैंले निर्माण रे । अहिले ज्ञानेन्द्र शाह राजाबाट जनतामा रुपान्तरित भइसकेका छन् याद गर्दा उचित हुन्छ ।


















