मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदास ३५ हजार घुससहित पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजना ३५ हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले खरिदार खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई घुस रकमसहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ रकमसहित कार्यालयबाटै दुबैजनालाई ३५ हजार घुसरकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।