काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी १० आंगिक क्याम्पसमा विजयी भएको छ । अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरले १० आंगिक क्याम्पसमा संगठनको नेतृत्व आएको बताए ।
उनकाअनुसार स्नातकोत्तर क्याम्पस विराटनगर, नर्सिङ क्याम्पस विराटनगर, भोजपुर बहुमुखी क्याम्पस भोजपुर, सानोठिमी क्याम्पस भक्तपुर, जनप्रशासन क्याम्पस बल्खु, काठमाडौँ, गोरखा क्याम्पस गोरखा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर, केन्द्रीय प्रविधि क्याम्पस धरान र चितवन इन्जिनियरिङ क्याम्पस चितवनमा क्रान्तिकारी विजयी भएको छ । अखिल क्रान्तिकारी २०७९ सालमा भएको निर्वाचनमा ३ वटा मात्र आंगिक क्याम्पसमा विजयी भएको थियो



















