गणतन्त्रबादीको पुर्वराजालाई चलखेल नगर्न चेतावनी

अर्को गल्ती गरे राजाले भोग्न बाँकी केही रहँदैन ,प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतन्त्रमाथि षड्यन्त्र गरे अब उनले गुमाउन बाँकी केही नरहने चेतावनी दिएका छन्।
शुक्रबार समाजवादी मोर्चाले भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,राजनीतिक दललाई कमजोर ठानेर देशलाई मध्ययुगिन इतिहामा फर्काउने दुस्साहस नगरियोस्।ु
प्रचण्डले राजतन्त्रले विगतमा गरेको गल्ती बाटै देश लामो समय संकरमणको शिकार भएको भन्दै उनले थप गल्ती नगर्न चेतावनी दिए।
‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन। खबरदार,’ उनले भने।

वंशको शासन फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने , अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले फेरि राजतन्त्र स्वीकार नगर्ने बताउँदै फर्काउन खोजिए ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन्।
अब यो मुलुक इतिहासको पछाडी फर्किन सक्दैन । हामी जान दिँदैनौँ । हामी चुनौती दिन चाहन्छौँ यो देशमा फेरि ति वंशको साशन ल्याउन खोज्ने कसैले कुचेष्टा गर्छ भने उनीहरुले ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ,’ उनले भने।