गाजा पट्टीलाई पश्चिम किनारबाट अलग गरेर प्यालेस्टिनी क्षेत्रहरूको एकतालाई कमजोर पार्ने इजरायली प्रयासलाई इजिप्टले अस्वीकार गरेको छ ।
विदेशमन्त्री बद्र अब्देलाट्टीले केन्द्रीय समितिका महासचिव जिब्रिल राजौबको नेतृत्वमा रहेको प्यालेस्टिनी फताह आन्दोलनको भ्रमण प्रतिनिधिमण्डलसँग कायरोमा भएको भेटमा अब्देलाट्टीले उक्त टिप्पणी गरेका हुन् । गाजा र पश्चिम किनारमा चलिरहेको इजरायली सैन्य कारबाहीको बीचमा हालैका घटनाक्रमहरूमा छलफल केन्द्रित थियो ।
विदेशमन्त्रीले युद्धविराम पुनस्र्थापित गर्ने र घेराबन्दीमा परेको गाजा पट्टीमा मानवीय सहायता प्रवाह पुन: शुरु गर्ने इजिप्टको प्रयासबारे जानकारी दिए। उनले प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापन गर्ने कुनैपनि कार्यमा इजिप्टको विरोध रहने बताए ।
कतार र संयुक्त राज्य अमेरिकासँगै इजिप्टले इजरायल र प्यालेस्टिनी गुटहरू बीच मध्यस्थता गरिरहेको छ ।


















