पोप फ्रान्सिसको सोमबार बिहान निधन भएको छ । कार्डिनल केविन फेरेलले पोपको निधन भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । फेरेलले आफ्नो घोषणामा भनेका छन्, ‘रोमको स्थानीय समय अनुसार बिहान ७ः३५ बजे पोप फ्रान्सिसले अन्तिम श्वास फेरे । फ्रान्सिसको पूरा जीवन लर्ड र चर्चको सेवामा समर्पित थियो ।’
उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । र, लामो समय अस्पतालमा भर्ना भएर हालै घर फर्किएका थिए । उनी अमेरिकी महादेश वा दक्षिणी गोलार्धबाट निर्वाचित हुने पहिलो पोप थिए । उनी सन्त पिटरको सिंहासनमा निर्वाचित हुने पहिलो जेसुइट सदस्य पनि थिए ।
जेसुइटहरुलाई रोममा शंकाको दृष्टिले हेरिन्थ्यो । तर पोप फ्रान्सिस चर्च सुधारका कामबाट परम्परावादीहरुमाझ पनि लोकप्रिय थिए ।



















