राष्टृ प्रेम र राजनीति

देशले अँगालेको राजनीति भनौँ लोकतन्त्रप्रति धेरै अधुरा प्रश्नहरु छन् बेरोजगारीको, बेरुजु अँकको, व्ययभारको, व्यापारघाटाको, बेथिति र बेचैनीको, मानव बेच बिखनको, वितण्डाको विकृतिको, विदेशी र स्वदेशी ऋणको, व्यभिचारको, विनाशको, वलात्कारको, विध्वँशको के के हो हो, कोलाहल छ सडकमा । प्रशासन ध्वस्तप्रायः छ र एक राज्यमन्त्रीले त खेताला सचिवले कार्यक्रममा आसन ग्रहण नगरेकै भरमा चौबीस घण्टे स्पष्टीकरण सोधे, अलिपछि आपैmँ बर्खास्तीमा परे, स्पष्टीकरणकै कारण कुलमान हटेर बत्तिमा अनियमितता शुरु भएको छ । पढाउने गुरुहरुले सडक तताए, विरामी हेर्ने चिकित्सकहरुले पनि सडकमै खाल थापेका छन्, सरकारी कर्मचारी नै सडकमा जाने संसारमै कहीँ नभएको लोकतन्त्र छ हामीसंग । दिवस मनाउँदा भ्रातृ दस्ताको ओइरो लाउनुपर्ने र सडकभरि पोखिएको विरोध दमनका लागि क्षेप्याश्त्रहरु प्रयोग गनु परेको अबस्था छ । नजरबन्दको, हत्कडीको, काराबासको दर्जनौँ अश्त्र असफल हँुदा मूठभेडको अश्त्र पनि सन्चालनमा छ । तीनकुनेको अश्त्रमा सरकारी छानबीन भन्दा पनि स्वतन्त्र नागरिकहरुले नै छानबीन शुरु गरेका छन्, अर्को निषेधित क्षेत्र तोड्ने पनि भइरहेको छ ।
न्यायिक ढिलासुस्ती बम्जनको अदालती रिहाले स्पष्ट गरेको छ, मात्रै होइन ०७६ पौष १४ मा काभ्रे पाँचखालबासीले प्रदूषणका कारण इँटा भट्टा बन्द गर्न अदालतको हार गुहार गरे, ०८१ चैतमा अदालतले परमादेश जारी गर्यो, भट्टा बन्द गर्नू भनेर, निर्णय आउन त अझ वयासी साल नै लाग्यो । देशले अनाबश्यक अँगालेको भ्यूटावरको उत्तर आउन सकेको छैन र अन्तर्राष्टिृय हवाइ मैदानहरुको पनि, बरु ठेक्का र कमिशनको कुरो छरपष्ट आएको छ, पोखरामा १० अर्बको रे लेखा उपसमितिले नै भनेको । पर्यटनमा अब्बल भनिएको देशमा लोकतन्त्रको भूmठो नाराकै कारण स्वदेशमा आएको रकम भन्दा विदेश गएको रकम बढी हुन थालेको छ । देशको कूल भ्रमण खर्च १ खर्ब ४८ अर्ब भएको छ अहिले । भ्रमण आयबाट भने यो ८ महिनामा ५६ अर्ब ७० करोड मात्रै छ, त्यो पनि गत वर्षको भन्दा ९ः७ प्रतिशतले बढी हो भनिएको छ, पहिले ५१ अर्ब ६९ करोड मात्रै रहेछ । यतिबेला अध्ययनका लागि भनी विद्यार्थीहरुले ८९ अर्ब रकम बाहिर लगेछन्, भनौँ आयको तुलनामा व्यय बढी छ, बजेट पनि त्यस्तै छ र विदेशी लगानीको रकम पनि त्यस्तै छ, आउने भन्दा लाभाँश भन्दै बाहिर जाने अँक बढी छ । राजस्व असूली कसेर लिँदा र भन्सार असूली तीव्र गर्दा पनि देशको लोकतन्त्रको भद्दा संयन्त्रहरुको तलव भत्ता भ्याउन सकेको छैन र विकास खर्च बा ऋणको सावाँ बा व्याज भूक्तानीका लागि अर्को ऋण लिनु परेको छ र ऋणैऋणले किचिएको छ गणतन्त्र र लोकतन्त्र, उठ्नै नसक्ने गरी । नेपालीहरुको आय आर्जनका ढोकाहरु लोकतन्त्रले बन्द गरिदिएकोले ढोका बन्द हुँदा भ्mयालबाट हाम्फालेर धर्ती छोडी विदेश होमिएका छन् मान्छेहरु ।
लोकतन्त्रका नायकहरु विरुद्ध सडकमा ठूला नाराहरु लागेका छन्, विस्केट जात्रा बा मधेशका जात्रामात्रा बा, काठमाडौँ उपत्यकाका सबैतिर बा उपत्यका बाहिर र विदेशमा पनि फलानो चोर देश छोड् भन्दै आक्रोश पोखिएको छ र धेरैतिर निषेधाज्ञा, निषेधित क्षेत्र भनिएको र कतिले यस्तो क्षेत्र आज्ञा तोडी स्वेच्छाले गिरप्mतारी दिइएको छ । । आपूmले सत्ता नपाउन्जेल जस्तोसुकै हर्कत पनि गर्ने तर अरुले विरोत्र गरे कानुन विपरीतका काममा कसैलाई छूट हुन्न भन्ने पन्चायती भनौँ राणाकालील स्वरहरु आम सन्चारहरुमा छरपष्ट छन् र देशको जिम्मा लिनेहरुको स्वर खरो हुँदैछ । सत्ता टिकाउन मात्रै समय खेर फाल्ने हाम्रो लोकतन्त्रले वर्षैपिच्छे सरकार बदलिरहेको छ र त्यो आलोपालो छ, उही जाने फेरि उही आउने, को सत्ताको को प्रतिपक्षको थाहै हुन्न यहाँ, मिलिभगत छ, लामो समयदेखि, व्यवस्था बचाउन श्री ३ हरुको जमघट तीब्र छ ।
देशको पूर्वाधार कति कमजोर छ, गएको शरदको दुई दिन वर्षाले देशको सातो लिइदियो र भर्खरै चैत २८ को छिट्पूmट वर्षाले अर्को सातो लियो, डोजरे असारे विकास र मदान्ध कमिसन र आफ्रनै ठेकेदारको माटो छोप्ने र मोडल नै थाहा नभएको विकासको पाराले देशमा अधिक भूक्षय भएको छ, सडक पहिरोले ढल्ने मन दुःखको पहिरोले गल्ने अनौठो संघियता छ हाम्रो देशमा, जहाँ अधिक चर्को मूल्यको राजनैतिक रोजगारी छ, राजनीति बाहिरका सबै बेरोजगारीमा छन् । कृषि प्रधान देशमा खाद्यान्नको कोटा अरु देशले तोक्ने गरेको छ र मल, बीउ पनि अरुले नै दिने गरेका छन्, विचार पनि अरुले दिएका र संस्कृति, संस्कार, भाषा भेषभूषा पनि आयातीत नै छ । हाम्रो नेतृत्वले अरुले लाए अह्राउको काम गर्छ, उठ् भन्दा उठ्छ, बस् भन्दा बस्छ, एम सि सि लगायतका योजनाहरु त्यसकै निरन्तरताहरु हुन् । विदेशीहरुले लेखेको पुस्तकहरु बिस्तारै बाहिर आइरहेका छन् विगतका ठूला परिवर्तन र परिवर्तनकारीहरुको लालन पालन, पोषण के कहाँबाट कसले गरेको भन्ने अब छर्लँग भइसकेको छ । स्वदेशी बसाइ, विदेशी भुकाइ, आबश्यक परे पण्डा बन्ने, क्रिश्चियन टोपी पनि लाउने, होलिवाइनको मज्जा पनि लिने, मुस्लिम पनि भइदिने, सबैथरीको छास्मिस भएर पशुपतिभित्र सुनको नाम लेख्ने हाम्रो लोकतन्त्रको आनि बानि नै हो । रैतीबाट मुक्ति दिलाउने लोकतन्त्र भन्ने अनि आप्mनैलाई दास बनाउने, थर्काउने, ह्वीप जारी गर्ने, दलबाट निश्कासन समेत गर्ने र चुनवावमा अघिल्लो रातसम्म कुन विपक्षीलाई मतदान गर्ने भन्ने एकिन ऊर्दी जारी गर्न नसक्ने र अप्राकृतिक गठबन्धन गर्दै कार्यकर्ताहरुलाई समेत थाहा नदिने लोकतन्त्र छ हामीसंग । रुख चिह्न लिएर हँसियालाई भोट हाल्ने, हलो लिएर सूर्यमा मतदान गर्ने अनि सौताको रिसले पोइकै काखमा कुन्नि के गरेर आप्mनै घर जलाएर खरानीको होली खोल्ने संस्कृति पनि छ । बार्गेन गरेर ठेक्का पट्टामा सार्वजनिक पद वितरण गर्ने लोकतन्त्रको सुन्दर पक्ष र यसैलाई सुशासन भन्ने गरिएको छ, कार्यको जिम्मेवारी र जवफदेहिता, पारदर्शिता, क्षमता र विज्ञताको अभावमा पारिवारिक लोभतन्त्र चलिरहेको छ देशमा र यसले वार्षिक दिवस मनाइरहँदा आम जनतामा आक्रोश र चरम निराशा छ, बोल्नेहरुको मुख थुनिएको छ, बालेन, कुलमान, दुर्गा, हर्क, हमाल, रवि हरु उत्तानो परिसकेका छन्, लोकतन्त्रका अगाडि ।
लोकतन्त्रको बक्री दृष्टि होनाहार युवामा मात्रै परेको होइन, यहाँका सवारीधनीहरुमा पनि परेको छ, परलमोलको तेब्बर भाउले पेटृोलियम पदार्थ खरिद गर्नु परेको छ, सकिनसकी तेब्बर भन्सार मूल्य तिरेर ल्याएको र वर्षै पिच्छे र ढोकैपिच्छे तिरेको करले नपुगेर लोकतन्त्र सडकमा आएर सवारी साधनाको साँचो खोसेर जरिवाना असुल्छ । सडक एक धोती जत्रो छ, सवारी साधन धेरै छन्, पैदलयात्रुको बाटो छैन, सानोतिनो गल्ती भइनै हाल्छ, वर्षौँसम्म गाडीको साँचो खोस्ने लोकतन्त्रप्रति अदालतले आदेश जारी गरेको छ अहिले साँचो नखोस्नु भनेर, अब फेरि ह्वील लक् नगर्न अदालत जाने साइत कहिले आउने हो थाहा छैन ।, जरिवानाबाटै लोकतन्त्र पालिएको छ, उपभोक्ताहरुबाट, विषादी सेवन गरिरहेका आम उपभोक्ताहरुलाई विकल्प छैन, मूल्यको सकस व्यहोर्नु बाहेक, बदलामा नागरिकले सुविधा पाएका छैनन् स्वास्थ्य, सुरक्षा, शिक्षा, स्वच्छ हावा, रोजगारी, आबास, नागरिकका मौलिक हक संविधानमा सिमित छन् । वर्ष बा शरद आउँदा बाढी, पहिरो र हिलोले पेल्ने, हिउँदामा सुखा पहिरो, धूवाँ, धूलोले पेल्ने, वसन्त, गृष्ममा चट्याँग, आगजनी, पानीको हाहाकारले पेल्ने, चौबीसै घण्टा महँगीले पेल्ने, बाह्रै महिना राज्यकरले पेल्ने, प्रसूती गृहदेखि आर्यघाट पछि सम्मको करको सदुपयोग नहुने, कुनै समय पनि शान्त हुन नदिने र हरपल राजनैतिक मौसममै रनभुल्ल परिरहनु पर्ने लोकतन्त्रले सताइएको अबस्था छ हाम्रो । उद्योगधन्दाहरु र उत्पादनका कार्यहरु थान्को लागेका छन्, सबै मान्छे सामजिक सन्जाल र सडकमा रोजगारी लिएर अनुत्पादक भइरहेका छन्, सामाजिक असन्तुलन तीब्र छ, आपराधिक कर्महरु पनि । ठूलो सुरक्षाका दस्ता बिना नेताजीहरु सडकमा देखिन नसक्ने भएका छन् र ढुकुटी दोहनमा खप्पिस छन् ती । बैँकहरुले इतिहासमै नभएकोव्याज दर घटाएका छन्, पूँजी चलायमान छैन, लगानी आकर्षण छैन, सुरक्षित पनि, बजारका सटरहरुमा भोटेताल्चा लाग्न थालेको छ, महानगरसंग सिँहदरबारको दूरी तीब्र फराक छ र यसैलाई संघियता भनिएको छ ।
देशलाई दुखेको छ, देश दुख्दा सबैलाई दुख्नु पर्छ, नेतृत्व अभिभावक हो भने उसलाई बढी दुख्नु पर्छ । भूगोल मात्रै राष्टृ होइन, भूगोलको माया पनि हो, देशमािथ बलात्कार गर्ने छूट हुन्न कसैलाई, देश चिराफरा गरेर मनमौजी गर्ने छूट पनि हुन्न, देश कसैको पेवा बा बिर्ता पनि होइन, हतियार र बलले देशको आबाजलाई निस्तेज गरेर सत्ताको चास्नीमा रमाउँछु भन्ने सोच कसैले राख्नु हुन्न, हिजोका दिनमा वीरताले सिँगारिएको देश आज क्रूरताले बिगार्न मिल्दैन, आप्mनो पन, मौलिकपन, देश हित र देशबासीको त्राण नै आजको मूल मुद्दा हो, लोक कल्याणकारी राज्यले त दूरदर्शी नै भएर सोच्नु पर्ने हुन्छ, यसका सन्चालकहरुले देश सिँगार्ने हो बिगार्ने हुँदै होइन ।