सुनसरी, बराहक्षेत्र नगरपालिका-१ स्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ३० किलोग्राम आइतबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले ११ वटा पोका फालेर फरार भएपश्चात पोका तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले
हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
सर्लाही, मलंगवा नगरपालिका-१ भेडहियास्थित परालको टालीबाट अवैध लागूऔषध गाँजा २६ किलो २ सय ६० ग्राम आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले परालको टालीभित्र लुकाई राखिएको जुटको बोरा भित्र उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















