लोकसेवाको उत्तरपुस्तिका आफैँ बोकेर गएपछि…

लोकसेवा आयोगले खरिदारको परीक्षा दिएकी संगिता थापाले उत्तरपुस्तिका आफैँ बोकेर गएपछि परीक्षा रद्द गरिएको छ । लोकसेवा आयोगको परीक्षा सञ्चालन शाखाले मंगलबार विज्ञप्ति जारी गरेर आयोगको जलेश्वर शाखाबाट परीक्षा दिएकी थापाको परीक्षा रद्द गरिएको जानकारी दिएको हो ।

वैशाख २० गते रामनन्दन विशेश्वर क्याम्पस (ख) जलेश्वर परीक्षा केन्द्रमा सञ्चालित प्रथम चरणको लिखित परीक्षामा सहभागी छेडाडाड–३ जाजरकोट थायी ठेगाना भएकी थापाले उत्तर पुस्तिका आफैले लिएर गएको आयोगले सूचनामार्फत जानकारी दिएको छ ।