यहाँ रुसमा अध्ययन गरेर नेपाल फर्किएका प्राज्ञिकहरुको संस्था मित्र कुञ्जको पुर्वअध्यक्ष हुनुहुन्छ, यस अर्थमा यहाँ नेपाल रुस बिचको सम्बन्धको राम्रो जानाकार व्यक्ति पछिल्लो समय नेपाल रुस बिचको सम्बन्ध जति प्राथमिकता राखिनुपर्ने त्यस्तो प्राथमिकतामा राखिएन भनिन्छ नि यहाँको विश्लेषण के छ ?
सोभियत संघ हुँदा नेपाल र सोभियत संघ बिचको सम्बन्ध धेरै राम्रो थियो । अहिले तपाईले सोध्नु भए जस्ता प्रश्न उठ्ने गरेका छन दुई देश बिचको सम्बन्ध कस्तो रहने भन्ने त्यो देशले अंगाल्ने विदेश नीतिले तय गर्दछ । सोभियत संघ हुने बेला नेपालमा राजतन्त्र थियो । महेन्द्र राजा हुनुहुन्थ्यो उहाँले सोभियत रुसको भ्रमण गर्नुभयो ।
भ्रमणका क्रममा नेपालको विकासका लागि आधारभुत के के कुरा चाहिने हुन त्यो सोभियत सरकारलाई भन्नुभयो । राजा महेन्द्रको कुरा सोभियत संघले स्वीकार गर्दै सहयोग गर्याे । नेपालको विकास गर्न सबै भन्दा पहिला प्राविधिक जनशक्ति चाहिन्छ भनेर सोभियत संघले नेपालबाट प्रत्येक वर्ष ५० देखि सय जना विद्यार्थी छात्रवृतीमा पढाउने भन्यो र पढायो पनि ।
त्यही अनुरुप सन १९६० देखि सोभियत संघ रहेसम्म धेरै नेपाली विद्यार्थीले छात्रवृतीमा पढे । सोभियत संघे धेरै वटा उद्योग, कलकारखाना, सडक अस्पताल बनाउन पनि सहयोग गर्यो । तर नेपालमा बहुदल र गण्तन्त्र आए पछि रसियालाई अलि फरक तरीकाले हेर्न थाले ।उनीहरु अमेरीका र भारतको पछि लागेर रुसलाई अलि कम प्राथमिकता दिएको देखियो ।
नेपाललाई रुसले बनाई दिएका उद्योग सहित अन्य सहयोगका परियोजनाहरुको अवस्था अहिले कस्तो छ ?
नेपाललाई रुसले बनाई दिएका उद्योग सहित अन्य सहयोगका परियोजनाहरुको अवस्था अहिले राम्रो छैन जस्तो कि जनकपुर चुरोट कारखाना निजीकरण गरियो ? त्यहाँ एउटा जेनेटर चालु अवस्थामा छ । त्यस्तै एउटा साईनबोर्ड छ त्यसमा सेभियत संघबाट सहयोग प्राप्त भन्ने लेखिएको छ । चिनी कारखाना, कृर्षी औजार कारखाना बन्द अवस्थामा छन । एउटा कान्ति अस्पत्ताल र पथलैया ढल्लकेवार सडक चलेका छन् अरु निजीकरणको नाममा कांग्रेस सरकारले बेचेर खाए ।
कांग्रेस एमालेको सरकार आए पछि रुस संगको सम्बन्ध पछि परेको बताउनुभयो एमाले त कम्युनिष्ट अहिले एमाले कै सरकार छ झनै बढी कुरो मिल्नु पर्ने होईन ?
अलि कति भिजनमा फरक पर्याे कम्युनिष्टहरुले देश रजनताको फाई हेर्नु पर्ने हो तर नेपालका कम्युष्टि आत्म केन्द्रित भएर आफ्नो फाईदामा हेरे । कांग्रेसले निजीकरण गर्ने भन्दै भएका उद्योग बेचे पछि उसले नयाँ उद्योग बनाउने कुरा भएन । कांग्रेस संगै मिलेर सरकार बनाउने एमालेले मात्र मागेर पनि भएन । एमाले पनि कांग्रेसको पछि लागेर सरकार चाउने भन्दा अन्य रचनात्मक काम गर्ने देखिएन ।
जतिबेला नेपालको कुल साक्षरता दर १० प्रतिशत थियो त्यो बेला ठुलो संख्यामा नेपालबाट रुसमा विद्यार्थी पढ्न गएको देखिन्छ अहिले पनि प्राज्ञिक क्षेत्र र माथिल्लो नीति निमार्ण गर्ने तहमा रुसबाट पढे आएका धेरैे छन पछिल्लो समय रुस पढ्न जाने विद्यार्थी संख्या कस्तो छ ।
नेपालको हरेक क्षेत्रमा पायोनियर टेक्नेक्रयाट भनेको रुस पढेर आए कै हुन चाहे जलविद्युत भन्नुस वा सडक पुल भवन बनाउने । डाक्टरहरुमा पनि यस्तै छ । पछिल्लो समय नेपालमै पनि धेरै ईन्जिनियर उत्पादन भए । पहिला जस्तो ईन्जिनियरलाई काम पाउन पनि सहज भएन भएका ईन्जिनियर पनि विदेश पलायन हुन थाले । त्यसैले रुस जाने कम छन ।
तै पनि वर्षमा १५ ,१६ जना स्कोलरसिपमा जान्छन ।यसै वर्ष पनि रुसले नेपाललाई कस्तो जनशक्ति चाहिन्छ दुई सय जनालाई छात्रबृती दिन्छ भनेको छ तर नेपाल सरकारले त्यति चासो दिएको छैन । नेपाली नेताले राष्ट्र««को हित भन्दा भारत र अमेरिकाको चाकडी गर्दछन । यहाँका शासकले चासो नदिएको त म तपाईलाई उदहरण दिन्छु २०७२ मा भुकम्प जाँदा राहत बोकेर नेपाल आउने रुस पहिलो देश थियो तर रुसबाट राहत बोकेर आएको जहाज काठमाडाँैमा अवतरण गर्न दिईएन ।त्यो भारतमा ल्याण्ड गरि चार दिन पछि मात्र नेपालमा ल्याण्ड गर्न दिईयो ।
नेपालमा लगानीको आवश्यकता छ रुस सरकार रुसी उद्योग पतिहरुले नेपालमा लगानी गर्दैनन ?
अवश्य पनि रुस सरकारले नेपालमा लगानी गर्न खोजेको छ । दुई वर्ष अघि राष्ट्रिय सभाका अध्यक्ष रुस भ्रमण गर्दा पनि हामी जलविद्युत । कृर्षीमल सडक लगाायत यो यो क्षेत्रमा काम गर्न तत्पर छौ भनि १४ वटा क्षेत्रको सुचि नै दिएको थियो । तपाईहरुले मान्नु पर्याे भनेको थियो तर नेपाल सरकारले वास्ता नै गरेन । नेपाल सरकारले यहाँ उद्योग खोल्न रोजगार सृजना होस भन्ने चाहैन युवाहरु विदेश जाउन त्यो भयो भने यहाँ बिरोध हुन्न भन्न्ने मानसिकता छ ।
पहिला दुई ध्रुर्व हुँदा सोभियत संघबाट सहयोग लीने अहिले वास्था नगर्ने किन नेपालले असंलग्न परराष्ट्र नीति पालना नगरेको हो ?
बिचमा एक ध्रुर्व भयो बलेको आगो ताप्ने भने झै नेपाल पनि अमेरिका र पश्चिमा राष्ट्रको पछि लागे जस्तो लाग्दछ मलाई । अहिले अमेरिका र रुसको पैसालाई मान्यता दिएको छैन । जसले गर्दा पनि रुसले अन्त लगानी गर्न सहज छैन । सायद यहि बुझेर नेपाल अमेरिका र रुसकोे पछि लाग्ने युरोपियनको पछि लागेको हो । यद्यपी अहिले विश्व एक ध्रुर्वबाट बहुध्रुर्वमा जानँदैछ । नेपालले जसलाई पनि हामी सानो राष्ट्र हौ सबैले सहयोग गर्नुस भने कसैले विरोध गर्दैन । राजा महेन्दे पनि महेन्द्र राजमार्ग बनाउदा सबैको सहयोग लिएका थिए । नेपाल जस्तो वफर राष्ट्रले असंलग्न परराष्ट्र नीति लागु गरि सबैको सहयोग लिन सक्नु पर्ने त्यो भएको छैन । नेपालको जुन संख्या तीन करोडमा एक करोड बाहिर छन् अब काम गर्ने त एक करोड न बाँकि छन राम्रो गरे त सबैलाई रोजगार दिन सकिने थियो तर नेताहरु सहयोग लिने र खाने मात्र भयो देश हाक्ने योजना भिजन छैन चुनावी घोषणा पत्रमा गर्दछौ भनेका पाँच दश प्रतिशत पनि भएको छैन सरकार चलाउने र पार्टी चलाउनेमा अलि कति पनि देश र जनताको चिन्ता छैन यी नेता नबदले सम्म देश उभो लाग्दैन ।
यहाँ मित्र कुञ्जको पुर्व अध्यक्ष कसरी चलि रहेको छ मित्र कुञ्ज ?
मित्र कुञ्जको ५८ औ वार्षिक उत्सव हामीले जेठ २ गते मनायौ । ५८ औ बर्ष सम्म संस्था निरन्तर चलि रहेको छ । तर हामीले मित्र कुञ्जबाट जति काम गर्न सक्नु पर्ने हो त्यती गर्न सकेका छैनौ । हाम्रो काम पनि देशको परिस्थितिमा निर्भर हुन्छ । हाम्रो मुख्य उदेश्य भनेको हामीले नेपाल रुस बिच सांस्कृतीक दुतको रुपमा काम गर्ने भनेका छौ । हामीले रुसमा अध्ययन गर्दा धेरै कुरा सिक्यौ । हामीले त्यहाँको देश भक्ति पुर्ण आन्दोलन । प्रथम द्धितीय विश्व युद्धमा रुस र रुसका जनाताको अनुभव जस्ता विषय हामीले रुसमा पढ्दा सिकेका छौ । दोस्रो विश्व युद्धमा रुसी जनाताले कसरी यद्ध जिते ? भन्ने जस्ता विषय पनि सिक्यौ । विश्व युद्ध सकिय पछि सोभियत संघले अब हामीले आफ्नो मात्र होईन दोस्रो विश्वयुद्धमा पिडित सबैको लागि काम गर्नुपर्दछ, विश्वका सबै पिडीत देशलाई सहयोग गर्नुपर्दछ भनि भिजनरी प्लान बनायौं ।
यो प्लान अनुसार विश्वका विकासन्मुख देशलाई सहयोग गर्नुपर्दछ भनी अध्ययन एवं सहयोग गर्न अफ्रिकाको लुभुमा भन्ने नेताको नाममा लुभुमा विश्व विद्यालय स्थपना गर्याे । जहाँ अफ्रिका र अन्य विकासन्मुख दशेलाई प्राविधिक जनशक्ति उत्पादन गर्ने भन्नेभयो । विभिन्न उद्योगहरु स्थापना गरीदियो जस्तो भारतमा रुसले भोकरो स्टील कारखाना सरु गरिदियो त्यो अहिले पनि चालु छ । भारतमा यसको ठुलो योदान छ । नेपाललाई पनि जनकपुर चुरोट कारखाना, बीरगञ्ज चिनी मील उद्योग जस्ता धेरै उद्योग खोली दियो । बहुदल आए पछि ती सबै बेचेर खाए । हामीले डोजर स्काभेटर देखेका थिएनौ । सोभियत संघको मादीमा पढ्ने साथीहरुले दुई दुई रुवल उठाए , बसन्तपुरमा प्रगतिशील पुस्तकालय पनि खौल्यौ ।
मित्र कुञ्जमा युवाभन्दा पाको उमेरका प्राज्ञिक बढी हुनुहुन्छ नि किन ?
सही प्रश्न गर्नुभयो, पहिला सन १९६४, ५६मा पहिलो व्याज निस्कदा छ सात जना भए पनि पछि सय डेढ सय कम्तीमा पनि पचास जना हुन्थे । सोभियत संघको अन्त्य भई रुस भए पछि छात्रवृत्ति हट्यो आफ्नै लगानीमा गएर पढ्नुपरयो । यसरी जाने मित्र कुन्जमा कम आवद्ध हुनुहुन्छ ।अहिले रुसले छात्र वृत्ति दिने भनेको छ तर सरकारले वास्ता गरेको छैन ।यही कारण युवा भन्दा पाका साथीहरु बढी हुनुभएको हो ।
तपाई त लामो समय विभिन्न राजनीतिक दल निकट बौदिक कर्मीहरुको इन्चार्ज भएर पनि काम गर्नुभयो अहिले के गर्दै हुनुहुन्छ ?
हामी सोभियत संघमा अध्ययन गरेर आएकाहरु राजनीतिमा पनि सक्रिय हुनुपर्दछ भन्ने हो किनकि हामीले समाजवादको अभ्यास देखेर बुझेर आएका छौ । अहिले सबैले समाजवाद भन्छन नेपालको सन्दर्भमा कस्तो समाजवाद भन्ने हामीले राम्ररी बुझाउन सक्ने भएकोले हामी राजनीतिमा सक्रिय हुनु पर्दछ भन्ने हो । शुशासन दिने शिक्षा स्वास्थ रोजगारी दिनुपर्दछ । एकले अर्कालाई माया गर्नु समाजवाद हो ।


















