लालबाबु पण्डितकी धर्मपत्नी विमला महतको निधन

पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितकी धर्मपत्नी विमला महतको निधन भएको छ। महतको शनिबार राति १२ः४५ बजे निधन भएको हो।

पूर्वमन्त्री पण्डितले नै महतको निधनबारे जानकारी गराएका हुन्।

‘मेरो जीवन संगिनी विमला महतले १२ः४५ मा मलाई एक्लो बनाइ,’ पण्डितले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

महत लामोसमयदेखि मांशपेसीसम्बन्धी दुर्लभ रोगबाट पीडित थिइन्। पण्डित विगत एक वर्षदेखि उनको स्याहार गर्दै आएका थिए।

महतको ६० वर्षको उमेरमा निधन भएको हो।