गण्डकी कोटिहोमलाई अग्निचक्रको निरन्तर साथ : लगातार ४ पटक विशेषाङ्क प्रकाशित !!

पोखरा स्थित बिरौटामा जेठ २६ गतेसम्मका लागि भनेर सभ्य-भव्य रूपमा दैनिक लाखौं भक्तजनहरुको उपस्थितिमा आयोजना भैरहेको ऎतिहासिक श्री गण्डकी सय कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ लाई अग्निचक्र राष्ट्रिय मासिकले लगातार विशेषाङ्क प्रकाशित गरेर साथ दिइरहेको छ ।

यज्ञ-शिरोमणि भनेर चिनिएका धर्म-सम्राट एवं बालयोगेश्वर विजय कृष्ण मूर्ति जी महाराजले संकल्प गर्नु भएको श्री गण्डकी कोटिहोमलाई अग्निचक्र मासिकले गत फागुनको अङ्कदेखि नै अहिले जेठ अङ्कसम्म साथ दिएको देखिएको छ । राजधानी काठमाडौंबाट प्रकाशित एवं प्रेस काउन्सिल नेपालद्वारा “क” वर्गमा वर्गीकृत अग्निचक्र राष्ट्रिय मासिक १६ वर्षदेखि निरन्तर प्रकाशित भैरहेको छ । अध्यात्म-प्रधान मासिक पत्रिकाको रूपमा अग्निचक्र प्रकाशित भैरहेको छ ।

स्वच्छ छविको पत्रकारिता गर्ने एवं जन्मजात शाकाहारी रहेका अग्निचक्रका सम्पादक/प्रकाशक लक्ष्मीनारायण भट्टराई आफू धूम्रपान र मदिरापान नगर्ने हुनाले, नसा-अम्मल गर्नेहरूको संगत कहिल्यै गर्दैनन् । धर्म रक्षाका लागि मरिहत्ते गर्ने उनी गण्डकी कोटिहोममा अग्निचक्र नि:शुल्क बाड्न आजकल पोखरा-कोटिहोम परिसरमा दैनिक देखिन्छन् ।

पोखराका एक टेलिभिजन पत्रकारले सान न्यूजसंग भने- “मंचमा चढेर ओर्लने हरेक अतिथिको झोलामा अग्निचक्र कोटिहोम विशेष-अङ्क हुन्छ-हुन्छ ।”

अग्निचक्रले फागुनको अङ्कलाई “श्रीगण्डकी कोटिहोम पोखरा विशेष-अङ्क” को नाम दिएर प्रकाशित गरेको थियो भने चैतको अङ्कलाई “शत कुण्डीय गायत्री कोटिहोम गण्डकी विशेषाङ्क” नाम दिएर प्रकाशित गरेको थियो । त्यस्तै गरेर अग्निचक्रले वैशाख २०८२ को अङ्कलाई “कोटिहोम-महायज्ञ-विशेषाङ्क-२०८२” कभर पेजमा नै नाम दिएर प्रकाशित गरेको थियो भने अहिले अन्तिम पटक चाहिँ अग्निचक्रले “श्री-गण्डकी-कोटिहोम-बिरौटा-पोखरा, यज्ञ-शिरोमणि-विशेषाङ्क-जेठ-२०८२” को रूपमा कभर पेजमै नाम दिएर प्रकाशित गरेको पाइएको छ ।

सनातन हिन्दु धर्मका हरेक मुख्य विशुद्ध धार्मिक गतिविधिहरु भगवान्-को मर्जीले नै हुने गर्छ भन्ने गरिन्छ र त्यसका लागि सहयोगी हातहरुको तारतम्य पनि भगवानले नै मिलाउछन् भन्ने लोक-उक्तिको प्रमाण श्रीगण्डकी कोटिहोमका महायज्ञ संकल्पकर्ता विजय कृष्णमूर्ति महाराजलाई ४ महिनादेखि कोटिहोम-बारेको विशेषाङ्क प्रकाशित गर्ने “अग्निचक्र-मासिक” पनि हो भन्न सजिलै सकिन्छ । जय-सनातन !! जय-श्री-गण्डकी-कोटिहोम !!!