न्यायिक सिंहासनमाथि जनताको फैसला (कविता )

इजलासभित्र कालो माेसोले पोतिएको
ब्वाँसाहरूको सभा बस्छ,
कानुनी किताबहरू
धनीका टेबुलमाथि मृत्युसँग सम्झौता गर्छन्।

गरिबको रगतलाई दलाल वकिलले
अनुच्छेद र दफाभित्र गाडिदिन्छ।
तराजु एकातिर भाँचिन्छ
न्यायाधीशको खल्तीमा सुनको ढल्को चम्किन्छ।

धनी हाँस्छन्।
गरिबको छातीमा थुनिन्छ क्रोध।
तर रगत चुप बस्दैन
रगत क्रान्तिको भाषा बोल्छ।

आज इजलास बाहिर भीड उर्लिएको छ,
कालो कुटेको कर्कोट च्यातेर
जनताको हातमा आगो बलिरहेको छ।

कालो कोट च्यातिन्छ
कालो माेसो घोटिन्छ,
न्यायाधीशको टाउकोमा जनताको न्याय लेखिन्छ।

इजलासका ढोका बन्द छन्,
तर अब फैसला सडकमा हुन्छ।
न्याय अब किताबमा होइन
जनताको मुटुमा लेखिन्छ।
रगतले लेखिन्छ।
अक्षरहरू बगेका छन्
लाल!