काठमाडौं । नेपाल भारत मैत्री संगठन काठमाण्डौको बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । नेपाल भारत अन्तराष्ट्रिय संगठनका प्रमुख संरक्षक एवं काठमाडौ महानगरपालिकाका पुर्व मेयर राजाराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको अध्यक्षता नेपाल भारत मैत्री संगठन काठमाडौंका अध्यक्ष निर्मला श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतीथि काठमाडौँ महनगरपालिकाका पुर्व मेयर राजराम श्रेष्ठले नेपालमा भारतबाट धार्मिक पर्यटक भित्राउन सकेमा नेपालको आर्थिक सम्बृद्धिमा ठुलो योगदान पुग्ने बताउनुभयो । उहाँले यो संगठन राजनीति भन्दा माथि उठेर जनता जनता बिचको सम्बन्ध बढाउने उदेश्य सहित अघि बढीरहेको पनि बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गदै अन्तराष्ट्रिय अध्यक्ष सिंहले नेपाल र भारत बीच विशेष धार्मिक एवं सांस्कृतिक सम्बन्ध रहेको बताउदै नेपालको धार्मिक पर्यटनको विकासमा संगठनले विशेष योगदान दिन सक्ने बताउनुभयो । सोही कार्यक्रममा नेपाल भारत अन्तराष्ट्रिय संगठनका उपाध्यक्ष अर्चना सिंहले हिन्दु र हिन्दुत्वको बढवाका निम्ती नेपाल र भारतका हिन्दुहरु मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । नेपाल भारत अन्तराष्ट्रिय संगठनका महासचिव सम थापाले हालै बसेको संगठनको पदाधिकारी बैठकले काठमाडौ महानगरपालिकाका पुर्व मेयर राजाराम श्रेष्ठलाई अन्तराष्ट्रिय उपाध्यक्षमा चयन गर्ने , उद्योग , साहित्य , पत्रकारीत लगायत विभिन्न पाँच वटा विधामार्फत नेपाल भारत बिचको मित्रता बढाउन योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गर्न पुरस्कारको स्थापना गर्ने , कार्यलय भवन बनाउने कार्यलाई तिब्रता दिने लगायत निर्णय गरेको बताउनु भयो ।
सो कार्यक्रमको सञ्चालन नेपाल भारत मैत्री संगठन काठमाण्डौका उपाध्यक्ष कृण्ण बहादुर राउत र सचिव अर्जुन कुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा नेपाल भारत अन्तराष्ट्रिय संगठनका उपाध्यक्ष निर्मल ढुगड ,नेपाल भारत अन्तराष्ट्रिय संगठनका सदस्यहरु भुपेन्द्र शाही ,कुमार राना, नेपाल भारत अन्तराष्ट्रिय संगठन बिहार प्रदेशका अध्यक्ष पंकज कुमार राय भारतबाट आउनु भएका अतिथि सुधिर कुमार, अंकित कश्यप लगायतको सहभागिता थियो ।
कार्यक्रममा नेपाल भारत मैत्री संगठन काठमाडौंका उपाध्यक्ष दिलमाया तामाङ सहित , कृष्ण गौतम, केशब अर्याल,संकर पाण्डे लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कुभ्भमेलामा नेपाली श्रद्धालु एवं सगठनका सदस्यहरु जाँदा सहयोग गरेकोमा आभार व्यक्त गरिएको थियो ।



















