रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ ।

आज बिहान चट्याङ लागेर घाइते भएको उनको उपचारको क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।