एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

प्रतिपक्ष दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक शुरु भएको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक, सांगठनिक विषयवस्तुहरुमा छलफल हुने उपमहासचिव मेटमणि चौधरीले बताए ।

पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लागेको पतञ्जलि जग्गा प्रकरणको आरोप, अदालतमा विचाराधीन मुद्दा र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुनेछ ।