skip this वडा नं १६ बालाजु च:मती

राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएकामा दु:ख व्यक्त गरेको छ । राष्ट्रपति पौडेलले पत्रकारका रुपमा उनले निर्वाह गरेको भूमिकाको सराहना गर्दै त्यो सधैँ स्मरणीय हुने बताएको छ ।

आज शोक सन्देश जारी गर्दै उनले निर्वाचन आयुक्तका रुपमा शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको कुशलतापूर्वक नेतृत्व गरेको स्मरण गरेको छ ।

राष्ट्रपति पौडेलले स्वर्गीय शर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।