तेलुगु अभिनेता रावको निधन

दिग्गज तेलुगु अभिनेता कोटा श्रीनिवासा रावको निधन भएको छ । केही समयदेखि विभिन्न रोगबाठ जुझिरहेका रावको आइतबार निधन भएको हो ।
चार दशकभन्दा लामो अभिनय यात्रामा उनले ७ सय ५० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए । उनले तेलुगु मात्र होइन, अन्य विभिन्न भाषाका चलचित्रहरूमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

उनको निधनले भारतीय फिल्म उद्योगमा शोक छाएको छ । तेलंगानाका मुख्यमन्त्री ए. रेवन्त रेड्डी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडु, अभिनेता तथा उपमुख्यमन्त्री पवन कल्याणसहितका नेताहरूले रावप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।