नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदै

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ ।

केन्द्रीय पार्टी कार्यालय च्यासलमा ११ बजे बस्ने बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।

विधान संशोधनसम्बन्धी प्रस्तावका अलावा पार्टीको संगठनात्मक कामको ‘रिपोर्टिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ ।