नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपाली प्रजातान्त्रिक आन्दोलनमा तनहुँका अग्रज व्यक्तित्व तारापति भट्टराईको योगदान स्मरणीय रहेको बताउनुभएको छ । उहाँले तारापति भट्टराई राजनीतिक आदर्श र मुल्य मान्यताले भरीपुर्ण व्यक्तित्व भएको पनि बताउनुभयो । तनहुँको राजनीति र सामाजिक अवस्था रुपान्तरणका निम्ती स्व.तारापति भट्टराईको योगदान स्मरणीय रहेको पनि उहाँले बताउनुभयो । तारापति भट्टराई स्मृति ग्रन्थ २०८२ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै यादवले तारापति भट्टराई जस्तै प्रजातन्त्रदेखी गणतन्त्र प्राप्तिका लागि योगदान गरेका सहिदहरुको नाम संकलन गर्न पनि सरकारलाई अनुरोध गर्नुभयो । पार्टीका नेतालाई पनि जिल्ला जिल्लाका सहिद, कर्मठ व्यक्तिहरुका बारेमा ध्यान दिन आग्रह गर्नुभयो । देशका विभिन्न जिल्लाहरुमा राणाकाल देखी गणतन्त्रकालसम्म आइपुग्दा जतिले रगत, पसिना बगाएका छन् त्यस्ता महत्वपूर्ण व्यक्तिहरुको नाम संकलन गरी सम्मान गर्नु पर्दछ । उहाँले आफुले सुरु गरेको चुरे बचाउ अभियान प्रभावकारी बनाउनु पर्नेमा पनि जोड दिनुभयो । प्रथम राष्ट्रपति यादवले ‘‘संसारले अभ्यास गरेको उन्नत लोकतान्त्रिक अभ्यास देशले उपयोग गरिरहेको र यसमा केही राम्रा अभ्यास भएको बताउदै केही विकृती देखिएको पनि बताउनुभयो । अहिले राम्रा काम र प्राप्त उपलब्धिका विषयमा कुरा नै हुँदैन। खाली नराम्रा कुरा मात्र गरिन्छन्। यस कारण राम्रा कुराको प्रवद्र्धन गर्दै विकृतिलाई सच्याउँदै जानुपर्ने आवश्यकता रहेकोमा पनि उहाँले जोडदिनु भयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य पदम परियार, गण्डकी प्रदेश सभा सदस्य अशोक श्रेष्ठ र जितप्रकाश आले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, शुक्ला गण्डकी नगरका प्रमुख कृष्णराज पण्डित ,गोपी बहादुर गुरुङ , रामचन्द्र तिमिल्सेना ,केशव घिमिरे सहितका वक्तालले तारापति भट्टराइले जनताको माझमा बसेर प्रजातन्त्र प्राप्त गर्ने अभियानका नेतृत्व गरेको बताउदै उहाँले दमौली र डुम्रे बजार योजना बद्द रुपमा आफ्नै नेतृत्वमा बसाउँदा पनि एउटा घडेरी समेत आफुलाई नराखेर शुन्य भष्टाचार र नैतीकताको नमुना पेश गरेकोले बताउनुभयो ।
कार्यक्रममा उहाँका समकालीन गोपीबहादुर गुरुङ्सहितका वक्ताले भट्टराईको राजनीतिक, सामाजिक र आध्यात्मिक जीवनका बारेमा चर्चा गर्नुभएको थियो। पुस्तक माथि समिक्षा गर्दै ज्ञान निष्ट ज्ञावलीले समृतिग्रन्थ स्तरीय भएको र पठनीय भएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं तारापति भट्टराईका सुपुत्र महेश्वर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमलाई अध्यक्षको रुपमा सम्बोधन गर्दै स्वर्गीय बुवा तारापति भट्टराई प्रजातान्त्रीक र विभेदरहित समाजको निर्माणमा जीवनभर लागेको बताउदै आफुहरु र अहिले राजनीतिमा सक्रिय रहेकाले तारापतिले देखाउनुभएको बाटोमा हिड्न सके वर्तमान राजनीतिमा देखिएका विकृती सुधारका लागि सान्दर्भिक हुने धारणा राख्नुभयो। कार्यक्रमको संचालन धर्म भट्टराईले गर्नुभएको थियो भने रुपाकोट सेवा समाजका तनहुँका अध्यक्ष सर्वज्ञ पौडेल लगायत तनहुका प्रबुद्द व्यक्तित्वको कार्यक्रममा उल्लेख्य सहभागिता थियो ।


















