झारखण्डका पूर्वमुख्यमन्त्री शिबू सोरेनको निधन

भारतको झारखण्ड राज्यका पूर्वमुख्यमन्त्री शिबू सोरेनको निधन भएको छ । सोमबार बिहान अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । शिबू सोरेन झारखण्डका वर्तमान मुख्यमन्त्री हेमन्त सोरेनका पिता हुन् । मुख्यमन्त्री सोरेनले पिताको निधन भएको पुष्टि गरेका छन् ।

शिबू सोरेन झारखण्ड मुक्ति मोर्चा नामक दलको संस्थापक हुन् । उनी पछिल्लो समय पार्टीको संरक्षकका रूपमा रहँदै आएका थिए भने उनका छोरा हेमन्तले पार्टी राजनीतिक विरासत सम्हालेका छन् ।