रुसी रेल र बस ठोक्किँदा एक जनाको मृत्यु, ११ घाइते

रूसी शहर सेन्ट पिटर्सबर्ग नजिकैको सडक पार गर्ने क्रममा सोमबार एक मालवाहक रेलले पर्यटक बसमा ठक्कर दिँदा एक व्यक्तिको मृत्यु हुनुका साथै ११ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

दुर्घटना उत्तरपश्चिमी रूसमा भएको रूसीे रेल नेटवर्कले जनाएको छ । नेटवर्कका अनुसार रेल ठोक्किँदा बस रेलको ट्रयाकमा थियो । रेलवे कम्पनीको विज्ञप्तिमा रेल चालकले आपतकालीन ब्रेक लगाउँदा दूरी धेरै छोटो भएका कारण दुर्घटना भएको उल्लेख गरिएको छ ।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा बसमा सवार १२ जना यात्रु घाइते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।