अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच     भेटवार्ता हुने

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै भेटवार्ता हुने बताएका छन्।

युक्रेन युद्ध अन्त्य गर्नका लागि आफ्ना दूत र तेस्रो देशहरूबाट मध्यस्थता गर्दा सफलता नमिलेपछि ट्रम्प आफैले रुसी राष्ट्रपतिसँग भेटवार्ता गर्ने बताएका हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आगामी साता नै ट्रम्पले पुटिनसँग प्रत्यक्ष वार्ता हुने भनेका छन्।

मस्कोमा आफ्ना विशेष दूत स्टिभ विट्कोफ   र पुटिनबीच तीन घन्टा लामो वार्ता भएपनि त्यसबाट युद्धविरामको ब्रेकथ्रू हुने संकेत नदेखिएपछि ट्रम्प आफैले पुटिनसँग वार्ता गर्ने भनेका हुन।

उनले यसबारेमा युरोपेली नेताहरूलाई बुधबार नै टेलिफोन गरी जानकारी दिइसकेका छन्। युरोपेली नेताहरूसँगको टेलिफोन संवादमा पनि ट्रम्पले आगामी साता नै पुटिनसँग प्रत्यक्ष भेतवार्ता हुनसक्ने भनेका छन्।

उनले बुधबार मस्कोमा भएको वार्तामा प्रगति भएको भनेर ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए। तर युक्रेनमा युद्धविरामका बारेमा भने केही खुलाएका छैनन्।

क्रेमलिनले वार्तालाई सकारात्मक र रचनात्मक भनेको छ। उसले युद्धविरामको विषयमा भने थप विषय सार्वजनिक गरेको छैन।

वार्ता सकिएपछि ट्रम्प आफैले पुटिनसँगै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि भेटवार्ता गर्ने बताएका हुन्।