कैलाली जिल्ला कारागारमा झडप एक जनाको मृत्यु भएको ४७ जना घाइते

 

२४ साउन, धनगढी । कैलाली जिल्ला कारागारमा फेरि झडप भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए ।

 

शुक्रबार राति ११ बजेको समयमा झडप भएको थियो । झडपका क्रममा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । उनको त्यही मृत्यु भएको हो ।

मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए । उनको शव सोही अस्पतलाको शवगृहमा राखिएको छ ।

डीएसपी सिंहका अनुसार घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

बिहीबार पनि कारागारमा झडप भएको थियो ।