गीता र श्रीकृष्ण

हामी अहिले श्रीकृष्ण जन्माष्टमी मनाउँदैछौँ । यस क्रममा श्रीकृष्ण प्रदत्त गीताको रहस्य पनि बुभ्mनु जरुरी छ । कर्म, ज्ञान र भक्ति गीताको मूल सन्देश हो र कृष्ण सन्देश भनेको असत्यमाथिको सत्य नै हो । असत्यको प्रतिक कंस विरुद्ध श्रीकृष्णले युद्ध छेडे, विजय पनि पाए, त्यतिमात्रै होइन महाभारत रचाएर अशान्तिका काला बादलहरुको अन्त्य पनि गरे, गीताको उपदेश दिए, व्यवहारपरस्त हुन पनि सिकाए र धर्म ग्रन्थमा भनिएको छः यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत, अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।
भाद्रमास भद्रमास भलो काम गर्न प्रेरित गर्ने मास भनौँ, हर मानवले सेवाकर्ममा सरिक हुन प्रेरणा दिने समय, ज्ञान, कर्म र भक्ति योगका पुजारी सर्वेश्वर श्रीकृष्णले यस धर्तीमा आमाको कोखबाट जन्मलिएको समय । ज्ञान मष्तिस्क हो, विवेक शून्य हिर्दयले ज्ञानको प्रयोग गर्दा विज्ञानको दुरुपयोग हुन्छ, विज्ञानको सही उपयोग नगरिएको समय पनि यसै बेला हो । जन्माष्टमी अगष्ट महिनामा परेको छ । अगष्ट ६ र ९, जापानको हिरोसिमा र नागाशाकीमा हानिएको लिटिल ब्वाइ र प्mयाट म्यान नामक बमको धूवाँले अहिले पनि सताउँदैछ, पावर इगो, सुपर पावर, सुपर इगो । गीताको सन्देश कर्म गर फलको आशा नगर, मानवरुपी अर्जुनलाई ईश्वररुपी कृष्णले दिएको सन्देश, युद्ध गर तर तिमी नायक होइनौँ, म हुँ, जे गर्छु म नै गर्छु । मलिन भएका अर्जुनलाई निमित्त बनाएर संसारको भार हरण गर्ने कृष्ण शस्त्रज्ञानमा मात्रै होइन शास्त्र ज्ञानमा पनि निपुण थिए र त उनले विश्वलाई नै सन्देश दिए कर्म, ज्ञान र भक्तिको त्रिवेणी नै जीवन हो भनेर । स्थूल जगत् नबुझी सूक्ष्म जीवन बुझिँदैन, जीव र जगत्को दोसाँध नै जीवन हो त्यसमा पनि मानव जीवन । र,जीवनमा जे छ जगत्मा त्यही छ केवल फरक थोरै र धेरैको मात्रा मात्र ।
सन् १९४५ अगष्ट ६, विहान ठीक ८ः१५ बज्दै थियो, संसारमा कसैले सोचेकै थिएन, सुपर पावर अमेरिकी युद्धक विमानले जापानमा बम खसाल्यो, १ लाख ४० हजार मानिसको ज्यान गयो । विकीरण समेतबाट प्रभावित थप १ लाख ४ हजारको अकाल मृत्यु भइहाल्यो । युद्ध अघि र पछि गरेर ढाई लाख मानिसको इहलीला समाप्त भयो । अमेरिका विरुद्ध युद्ध लडेको जापानले धरै धनजनको क्षति व्यहोर्नु प–यो । हिरोसिमा नगरमा खसालिएको बम २० हजार टि एन टि बराबरको र यसको नामदिइएको थियो लिटिल ब्वाइ, युरेनियम २३५, रासायनिक तत्वले भरिपूर्ण शस्त्र, मात्र १० फिट लामो आकारको, यो पारमाणिक अश्त्रलाई इनोला गे उपनाम समेत दिइएको रहेछ र यसलाई बी २९ सुपर फोरेट्स बमवर्षक विमानको बाह्य भागमा झुण्ड्याइएको रहेछ । अब त समयले थप कोल्टो फेरेको छ र त जैविक र आणविक हतियारको निर्माणमा होडबाजी छ र प्रयोग पनि, केवल एक मानवले अर्को मानव सिध्याउनैका लागि । बम जत्तिकै शक्तिशाली अदृश्य कोरोनाले लाखौँ मानिसलाई निलेको पनि धेरै भएको छैन, अमेरिकामा नै बढी ध्वस्त भए मान्छे । फेरि शस्त्रास्त्रले युक्रेन, इजरायल के के छ अहिले । १० वर्ष हाम्रा दिनहरु रँिगन भए बीसहजार बढी ध्यानस्थ भए, नब्यूँझनेगरी, हतियारको प्रयोग भयो । अहिले हामी धान्नै नसक्ने महँगीको त्रासमा परेका छौँ, यो पनि एक किसिमको युद्ध नै हो । जसले बुद्ध र पशुपतिनाथ देखेको छ, सर्जक विष्णुकोे प्रतिमूर्ति कृष्ण गाथा पनि सुनेको छ, आजभन्दा ठीक ५ हजार १ सय २६ वर्षअघिदेखि शुरुभएको कलिको सत्ता र शक्तिको दुरुपयोग पनि देखेको छ, महाभारतको विभिषिकाबाट ब्यूँझेको मानवले, महाभारत रचाउने श्रीकृष्णको पावन गाथालाई पनि भुलेको छैन ।
संसारमा शान्ति शन्देश दिने यु एन ओ लाई मसला भएको छः युक्रेन, रसिया, चीन, ताइवान, सिरिया, इजरायल, अफगानिस्तान, बँगलादेश मात्रै होइन, उसका मसला श्रीलंका पनि भयो । मस्तिष्कको दुरुपयोग ज्ञान भएर के गर्नु विवेक नभएपछि, सेप्टेम्बर ११ का विन लादेनहरु पनि जन्माउने यही धर्ती हो, अमेरकाकै ट्वीन टावर सम्झना गर्दा आँग जिरिँग गर्छ सबैको । आज चीन, अमेरिका, रसिया जस्ता राष्टृप्रमुखहरुले आपूm भ्रमण गर्दा कालो व्याग लिने गरेका छन् रे, त्यसमा कति परमाणु बरावरको शक्ति छ हिसाव छैन । संसारमा युद्ध हिजो थियो प्रथम र दोस्रो महायुद्ध तर छनक् देखिएको छ तेस्रोतिरको पनि, अबको महायुद्ध छेडिए पानी र अनाजका लागि हुनेछ । आखिर शस्त्रास्त्र बनाएपछि त्यसको प्रयोग नभए खिया लाग्छ भन्ने सोच होला । बुद्धको विवेक अनि कृष्णको गीताअमृतको दुरुपयोग भइरहेछ किन होला ? विज्ञान मानिसको मस्तिष्कको खेल हो भने मस्तिष्कको पिता त उही सर्जक ईश्वरै हो, धर्ती उसकी माता भइन्, धर्तीमा रहने तमाम प्राणी ईश्वरका सन्तति भए र त भगवानरुपी उही श्रीकृष्ण गाथा गाइएको भागवतमा ईश्वरले भनेको छ ‘अहँ सर्वेषु भूतेषु’, अर्थात् म सबै प्राणीमा छु । मान्छे पढ्छ, पढेपछि भुसुक्कै बिर्सिदिन्छ, अहिलेसम्म भएको प्रगति यही हो संसारको, र त मान्छे आज कसैसित डराउँदैछ भने मान्छेबाटै, हिँस्रक प्राणीबाटभन्दा पनि आज मानवलाई मानवबाटै पीडा छ ।