अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच रसुवा नाका सुचारु गर्न भेटवार्ता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ लिङजुनबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल र चीनबीचका भन्सार नाका व्यवस्थापन, बाढीले क्षति पुर्‍याएको रसुवा नाकाको पुल र सडक पुनर्निर्माण, विगतमा भएका सहमति अनुसार सडक पूर्वाधार स्तरोन्नति, नेपाल–चीनबीचको व्यापारबारे छलफल भएको थियो ।

यसैगरी नेपाल र चीनबीच विगतमा भएका सहमति कार्यान्वयनका विषयमा समेत छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।