निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौं चक्रपथमा स्कुल बसको र्याली प्रदर्शन गरेका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथमा र्याली निकालेका हुन् । चक्रपथको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको छ ।
विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन गरेका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् ।


















