राप्रपाको अध्यक्षमा पुन: राजेन्द्र लिङदेनलाई नै दोहोराउनु पर्दछ :प्रकाश रिमाल सहमहामन्त्री राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको अनुशासन समितिका संयोजक नवराज सुबेदीबाट सुरु गरेको कारबाहीको श्रृखला त लामै होला जस्तो छ, यस्तो कारबाही किन ?
यहाँले जुन कारबाही भन्ने शब्द प्रयोग गर्नुभयो, कारबाही भन्ने शब्द नै मिलेन । किनकि पार्टीको अनुशासन समितिका संयोजक नवराज सुबेदीलाई पार्टीले कारबाही गरेको होईन । उहाँले त जनआन्दोलन समितिको संयोजक भएपछि आन्दोलनमा सहभागी अरु संघ संस्थाले जनआन्दोलन समितिको संयोजक भएको व्यक्ति कुनै पार्टीमा नरहँदा राम्रो हुन्छ, भने पछि नवराज सुबेदी आफैले सबै नेताहरु र पत्रकारको बिचमा म अब राप्रपाको साधारण सदस्य पनि रहिन भनेर घोषणा गर्नुभएको हो । त्यस पछि उहाँ तीन चार महिना पार्टीको गतिविधिमा पनि सहभागी हुनुभएन । पार्टी त गतिशील संस्था हो । यो त निरन्तर कृयाशिल रहन्छ ।अनुशासन समितीको संयोजक जस्तो पद खाली राख्ने कुरा भएन । त्यसैले उक्त पदमा पार्टीका उपाध्यक्ष माननिय रोशन कार्कीलाई नियुक्ति गरिएको हो ।

नवराज सुबेदी आफैले पद छाड्नु भएको हो । उहाँलाई पार्टीले कारबाही गरेको होईन । पछि यही बिषयलाई लिएर निर्वाचन आयोगमा उजुरी दिन जानु भएछ । यो बिषय त पार्टी भित्रै निबेदन दिने, पार्टी भित्रै छलफल गर्ने गरेको भए हुने थियो । निर्वाचन आयोमा जानै पर्ने थिएन । जहाँ सम्म मुकुन्दश्याम गिरीको कुरा छ, उहाँ पार्टी उपाध्यक्ष जस्तो जिम्मेवारीमा भएको व्यक्तिले नवराज सुबेदीलाई उचालेर निर्वाचन आयोगमा उजुरी दिन लानु भएछ । यो बिषय त पार्टी भित्रै बहस छलफल गरौ भन्नु पर्ने उल्टो नवराज सुबेदीलाई उचालेर निर्वाचन आयोगमा उजुरी दिन लानु भयो । त्यस पछि उहाँलाई उपाध्यक्षको जिम्मेबारीबाट हटाएको हो । कारवाही गरेको होईन ,कारबाही त अनुशासन समितीले गर्दछ । स्पष्टीकरण सोध्ने लगायत यसको प्रकृया हुन्छन । मुकुन्दश्याम गिरीलाई त अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी उपाध्यक्षको जिम्मेवारी दिनुभएको थियो जिम्मा दिए अनुसार काम नगरे पछि दिएको जिम्माबाट हटाउनुभयो । जुन प्रकृयाबाट जिम्मा पाउनुभयो त्यही प्रकृयाबाट जिम्मा खोसीयो । पार्टीको बिधानमा पार्टी अध्यक्षबाट केन्दीय समितीमा ३५ प्रतिशत मनोनित गर्ने अधिकार छ । यो अधिकार किन दियो भने अध्यक्षले आफुलाई काम गर्न सहज हुने गरी सदस्यहरु मनोनीत गरुन भनेर हो । मनोनीतिहरुले त सहयोग गर्नु पर्यो नि यसको मत्लब निर्वाचितले नगर्ने भन्ने होईन निर्वाचितले पनि गर्नुपर्दछ । उपाध्यक्ष भनेको त अध्यक्षको अनुपस्थीतिमा अध्यक्षले लाए अराएको काम गर्ने हो । महामन्त्रीको पनि बिधानमा जिम्मेवारी तोकिएको छ । त्यसैले कारबाही भन्न मिल्दैन कारबाही गरेको होईन, जिम्मेवारी हेरफेर गरेको हो ।

पार्टी उपाध्यक्षको जिम्मेबारीबाट हटाउने पनि एउटा प्रकृया होला मनपरी हटाउनु त अप्रजातान्त्रीक प्रकृया भएन र ?
त्यस्तो कुरा गर्ने हो भने त अध्यक्षले मानोनित गरेर जिम्मेवारी पाएका पदाधिकारी र सदस्यले पनि चित्त बुझेन भने अध्यक्षलाई भेटेर छलफल गर्ने कि, सार्वजनिक रुपमा मिडियामा बोल्दै हिड्ने ? अनि म अब राप्रपाको साधारण सदस्य पनि छैन भनेर घोषणा गरेका व्यक्तिलाई उचालेर निर्वाचन आयोगमा उजुरी दिन लानु उचित हो त ? यो त सरासर अध्यक्षलाई असहयोग गर्ने पार्टीलाई कमजोर बनाउने काम हो । यो तरीकाले त पार्टी बलियो बन्दैन । पार्टी राम्रो वा न राम्रो जे भए पनि त्यसको जस अपजस त अध्यक्षलाई जान्छ । त्यसैले अध्यक्षले पार्टी हितको निम्ती जिम्मेबारी हेरफेर गर्ने निर्णय गर्नुभयो । उहाँले जिम्मेबारीबाट हटाउनुभएको हो पार्टीबाट कारबाही गरेको, पार्टी सदस्यबाट हटाएको होईन महधिवेशनबाट पुन: जिम्मेबारीमा आउन सक्नुहुन्छ ।

पार्टीको बिधानमा केन्दीय समितीमा ३५ प्रतिशत मनोनित गर्ने अधिकार अध्यक्षलाई दिईएको त आफ्ना भक्तहरु नियुक्ति गर्ने भन्दा पनि बिशिष्ट व्यक्तिहरु जो चुनाव लड्न चाहेनन तर पार्टीलाई आवस्यक छ ।कुनै बिषयको बिज्ञ, महिला , दलित ,अल्पसंख्य बा कुनै बर्ग क्षेत्रबाट छुटे भने मनोनीत गरेर केन्द्रीय समिती सन्तुलित बनाउने होला नि ?
अध्यक्षको बिरोध गर्न मिल्छ त ? मिल्दैनन नि ।

एउटा प्रजातान्त्रीक पार्टीमा अध्यक्षको बिरोध नै गर्न नमिल्ने भन्ने पनि हुन्छ र ?
अध्यक्षको अबरोध गर्न मिल्छ तर त्यो बिरोध बैचारीक हुनु पर्यो, नीतिगत हुनु पर्यो । पार्टी बनाउन हुनु पर्यो ।अध्यक्षलाई कमजोर बनाउने, पार्टी कमजोर बनाउने नियतले हुनुभएन । नीति कार्यक्रम ठिक छ भने त सहयोग गर्नु पर्यो नि । अध्यक्षले मनोनीत गर्दा पनि बाटोमा हिड्दै गरेको व्यक्तिलाई टिपेर ल्याउने त होईन । बिधानले योग्य ठानेकै व्यक्ति मनोनीत गर्ने हो । अध्यक्ष भनेको अध्यक्ष हो । यो पदलाई मान्ने हो । व्यक्ति राजेन्द्र लिङ्देन होईन, अध्यक्ष राजेन्द्र लिङ्देनलाई मान्ने हो ।चार बर्षको लागि त उहाँ अध्यक्ष हो । यो बिचमा पार्टी राम्रो वा नराम्रो जे भए पनि त्यसको जस अपजस त अध्यक्षलाई जान्छ नि । त्यसैले उहाँले अध्यक्षको रुपमा काम गर्न त पाउनु पर्यो । चित्त नबुझको बिषय त पार्टी भित्रै छलफल गर्ने हो । मिडियामा जाने त होईन नि । पछिल्लो समय युवक संगठन काठमाडौको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनकै अगाडी नारा जुलुश गर्ने भेला भाड्ने जुन काम भयो । त्यो पनि अनुशासन बिपरित हो । यस्तो गर्नेलाई त कारबाही गर्नुपर्यो नि ।

अरु सबै बाहिर भन्ने कुरा हुन भित्रि कुरो त राजेन्द्र लिङ्देन आगामी महाधिवेशनबाट पनि अध्यक्षमा दोहोरीन चाहानुहुन्छ । त्यही भएर त्यती बेला असहयोग गर्न सक्नेलाई अहिले देखि नै तह लगाउदै हुनुहुन्छ भनिन्छ नि ?
राप्रपाको बिगतमा अवस्था कस्तो थिया, हामी सबैले बुझेकै छौ । २०७४ मा एक सिट मात्र जितेको थियो । राष्ट्रिय पार्टी बन्न सकेन । तर राजेन्द्र लिङ्देन अध्यक्ष भए पछि संसदमा १४ सिट जित्यो । राष्ट्रिय पार्टी बन्यो । एक कार्यकाल उहाँ अध्यक्ष बन्नुभयो । बिधानमा दुई कार्यकाल अध्यक्ष बन्ने पाउने व्यवस्था छ । त्यसैले देश भरीका कार्यकर्ताले पुन: उहाँलाई नै दोराउनु पर्दछ भन्नुपर्छ । अर्काे कुरा उहाँलाई बाहिर राखेर पार्टी बन्छ त बन्दैन नि । बनाउन सकिदैन । महाधिवेशन लक्षीत कारकबाही भन्नुभयो । महाधिवेशन आउन लाग्यो भनेर अनुशासन हिन काम गर्दा छाड्ने भन्ने त हुदैन नि । एक महिना पहिले भए पनि अनुशासन हिन काम गर्नेलाई कारबाही हुन्छ । पार्टी अनुशासीत रुपमा अगाडी बढाउने काम पनि अध्यक्षकै हो । अध्यक्षले पार्टी अनुशासीत रुपमा अगाडी बढाउँदा बाहिर के के न भयो भने जसरी प्रचार गरियो , खासमा त्यस्तो केही भएको छैन ।

अहिले राप्रपा भित्रको बिवाद नीतिगत र बैचारीक भन्दा प्राविधिक हो भन्न खोज्नुभएको ?
अध्यक्ष भन्दा म ठुलो । सबै कुरामा अध्यक्षले मलाई सोध्नु पर्ने ,सोधेनन् भन्ने एउटा कुण्ठा छ , अर्काे अगामी महाधिवेशनमा अध्यलाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने दुषीत मनसाय पनि हो । तर बुझनु पर्ने के छ भने हामी एउटै डुङगामा यात्रा गरिरहेका छौ । मुसा प्रवृती देखाई डुङगामा प्वाल पार्दा सबै डुबिन्छ । त्यसै यसो गर्नुहुन्न ।

भने पछि अगामी महाधिवेशनमा पनि अध्यक्षमा पुन:राजेन्द्र लिङ्देनलाई नै दोहोराउनु पर्यो होईन त ?
अगामी महाधिवेशनमा पनि अध्यक्षमा पुन: राजेन्द्र लिङदेनलाई नै दोहोराउनु पर्दछ किनकी उहाँले त सकिएको पार्टी अब हुदैन कि भनेको पार्टीलाई संसदमा १४ सिट जिताउनुभयो । राष्ट्रिय पार्टी बन्यो । प्रदेश सहित गर्दा ४२ सिट जित्यो । स्थानिय तहमा पनि जनप्रतिनिधि छन । हामीले विगत देखिनै उठाउँदै आएका मुद्धाहरु सर्वधर्म समभावसहितको हिन्दु अधिराज्य, संवैधानिक राजतन्त्र , संघीयताको खारेजी लगायत जुन हाम्रा उजेण्डा छन , यी ऐजेण्डा बिकल्पका ऐजण्डा हुन । बिकल्पको मुद्दा उठाएउने पार्टी कमजारे बन्नु हुन्न । त्यसैले सहमतिमै अगाडी बढ्नु पर्दछ । तर मिलेर जाने सहमतिमा चल्ने भन्दैमा अध्यक्षलाई असहयोग गर्ने पार्टी कमजोर बनाउने अनुशासन हिन गतिबिधिलाई छुट दिने भन्ने हुदैन । बिचारको बिकल्प त राप्रपाले मात्र दिएको छ । जनताले बिकल्प खोजेका छन । बिचारमा बिकल्प राप्रपाले दिएको छ । यो बिचार जनताको बिचमा लान राजेन्द्र लिङ्देन जत्तिको उपयुक्त बिकल्प अहिले छैन , अरु पनि योग्य हुनु हुन्छ तर अहिले राजेन्द्र लिड्देलाइ नै दिउ अरुको पनि पालो आउछ कुर्न सक्नुपर्यो । धैर्यता हुनुपर्यो । आजै चाहियो । अहिले नै चाहियो नभनौ । यसो गर्दा गन्तब्यमा पुगिदैन । पालो सबैको आउँछ ।

बिगतमा पटक पटक टुटाफुट अनि एकता हुँदै आएको राप्रपामा बिवाद बढ्दै जाँदा पुन फुटने त होईन ?अघिल्लो महाधिवेशनमा कमल थापा बाहिरिनुभयो ?त्यस्तै हुने त होईन ?
अहिले त्यस्ता अवस्था छैन । त्यो खालको मजवुती (स्थेन्त) पनि छैन ।सबैले पार्टी फुटाएर हुदैन भन्ने पनि बुझेका छन । हो केही चित्त नबुझेर पार्टी छाड्ने निस्कृय हुने हुन सक्छ । तपाई सोधे जस्तै कमल थापा जस्तै कोही अलग हुन सक्छन तर पार्टी कसैले फुटाउदैनन ।

समयमा महाधिवेशन त हुन्छ ?
अहिले देशभरी वडा अधिवेशन देखि जिल्ला अधिवेशननहरु भई रहेका छन । मंसिरमै महाधिवेशन गर्ने तयारी हुदैछ । ढिला भए पनि पुस माघ सम्ममा महाधिवेशन हुन्छ । किनकि यो बिचमा दशै तिहार छठ जस्ता चाड पर्व छन ।

तपाई अब पुन: कुन पदमा उठुनुहुन्छ ?
हामी पदाधिकारी तहमा काम गर्ने साथीहरु सबै कृयाशिल र नेतृत्व टिम हौ । साथिहरु संग सल्लाह गरेर के पदमा उठ्ने भन्ने तय हुन्छ ।
जनताले त राप्रपाका नेताहरु आफू आफु झगडा गर्न थाले राजसंस्था पुर्नस्थापनाको आन्दोलन बिचमै छाडे भन्छन नि ?
हामीले आज मात्र होईन २०६२/०६३ पछि निरन्तर सर्वधर्म समभावसहितको हिन्दु अधिराज्य, संवैधानिक राजतन्त्र र संघीयताको खारेजी लगायत जुन एजेण्डा उठाउदै आएका हौ ।अहिले त्यो माहोल बन्दै आएको छ । बिगतमा जुन आन्दोलन भयो । त्यो राप्रपाको नेतृत्वमा भएको होईन । त्यसमा त राप्रपाले सहयोग र समर्थन गरेको हो । अब हुने आन्दोलन राप्रपाकै नेतृत्वमा हून्छ । त्यसको स्वरुप पनि राप्रपाले तय गर्दछ । भुमिका पनि राप्रपाकै हून्छ । बिगतमा त अरुले गरेकोमा सहयोग समर्थन गरेका हौ । जहाँसम्म आन्दोलन शिथिल भएको प्रश्न छ , अहिले बर्षात छ । अब चाडवाड पनि आउदैछन । कार्तिक मंसिर पछि आन्दोन गर्दछौ । अहिले संगठन बनाउदै छौ ।

दुर्गा प्रसाईलेहरुले त राजेन्द्र लिङ्देनले गर्दा राजावादी आन्दोलन शिथिल भयो भन्छन नि ?
यो कुरा जसले भन्छन उनीहरुनै आन्दोलनको पक्षमा छैनन भनेर बुझ्नु पर्ने हुन्छ । अन्यथा राप्रपा र राजेनन्द्र लिङ्देन आन्दोलनको पक्षमा नहुने अरु हुने भन्ने नै हास्यापद हो । हिजो आएका दर्गा प्रसाई राजावादी हुने पार्टी स्थापना काल देखि नै संवैधानीक राजसंस्थाको वकालत गर्नै राप्रपा र यसका अध्यक्ष राजेन्द्र लिङदेन राजवादी नहुने भन्ने हास्यापद हो । आन्दोलनमा थुनिएकालाई भेट्न जाने संसदमा आवाज उठाउने राजेन्द्र लिङदेनले नै हो । दुर्गा प्रसाईले त म राजनलाई भेटुन जान्न राजा मलाई भेट्न आउनु पर्दछ भन्छनु हुन्छ । उहाँ कति ईमान्दार भन्ने त यसबाटै थाहा हुन्छ । उहाँले हिजो काग्रेस एमाले माओबादी सबै पार्टी चाहरेर राजाबादी हुनु भएको हो । अहिले पार्टी खोल्ने भन्दै हुनु हुन्छ । उहाँ कति ईमान्दार भन्ने त उहाँका अभिव्यक्ति हेरे पुग्दछ । एक अर्कालाई गाली गरेर हुदैन मिलेर जानु पर्दछ ।

दुर्गा प्रसाई मात्र होईन जनताले पनि कम्युनिष्टसंग मिलेर चुनाव लड्छन सरकारमा जान्छ के बिस्वास गर्ने राजाबादी भोट तान्न मात्र हो राजाबादी हौ भनेका भन्छन नि ?
कांग्रेस एमालले भनेको बाटोबाट हुदैन भनेर २०६३ मै हामीले भनेका हौं । नेपालमा राजसंस्था अपरिहार्य छ । हामीले राजसंस्था चाहिन्छ भनेर हाम्रो फाईदाको लागि भनेका होइनौ, यो मुलुकको आवश्यकता हो भनेर उठाएका हौं । किनकि राजा बाहिर राखे र पनि हेरियो मुलुकमा झन नराम्रो भयो । विदेशबाट ऋण र अनुदान ल्यार कति दिन संघियता र नेता पाल्ने ? भौगोलिक र आर्थिक रुपले देशले संघियता धान्दैन । बिदेशी हस्तक्षेपबाट मुक्त गर्न दल भन्दा माथि उठेको राजा चाहिन्छ भनेका थियौ । राष्ट्रपति दल भन्दा माथि उठ्दैन भन्ने त अहिले बिद्या भण्डारीले दलको सदस्यता पाईन भनेर रोई कराई गरेबाट पनि थाहा हुन्छ । नेताहरु त पैसा लिएर धर्म परिवर्तन मतियार बने यिनले मुलुलाई के राम्रो गर्दछन र? प्रजातन्त्र सुढृड हुने गरि दलिय व्यवस्था बलियो हुने गरि राजा सहितको प्रजातनत्र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रम हुने गरौ भनेका छौ । राजा र दलीय व्यवस्था सहितको प्रजातन्त्र भन्ने राप्रपा अप्रतान्त्रीक हुने राजा अटुदैनन भन्नेहरु प्रजातान्त्रिक हुने भन्ने हुदैन । मन्दिरमा जाने , राजसंस्था चाहिन्छ भन्ने, हिन्दु राष्ट्र चाहिन्छ भन्ने ,सुशासन चाहिन्छ भन्ने , संघियता चाहिदैन भन्नेले भोट हाल्ने ठाउँ राप्रपा नै हो । भोट हाल्ने बेलामा कांग्रेस एमालेलाई भोट हाल्ने अरु बेला राजसंस्था चाहिन्छ भन्ने , हिन्दुराष्ट्र चाहिन्छ भन्ने , संघियता चाहिदैन भन्ने हो भने भनाई र गराई मिलेन । निर्वाचन हुँदा भोट अन्त हाल्ने अरु बेला राप्रपालाई गाली गरेर हुदैन । राप्रपालाई भोट हाले पछि बल्ल गरेन भनेर गाली गर्न मिल्छ नत्र त मिल्दैन ।

अन्त्यमा ..?
अहिलेको लडाई भनेको पुर्वीया संस्कृति र सभ्यता तथा पश्चिमा संस्कृति र सभ्यता बिचको लडाई हो । पश्चिमाहरु गाँस बास कपास भन्दामाथि उठे र धर्म संस्कृती प्रचामा लगानी गरिरहेका छन । हामीहरु भने गास बास कपासबाट माथि उठेर धर्म संसकुति प्रचार गर्न सकेका छैनांै । सरकारले धर्म ,संस्कृतीको प्रचारमा लगानी गर्न पैसा छैन विदेशीले यसको लागि लगानी गर्दैन । यदि पुर्वीया संस्कृति र सभ्यता बचाउने हो भने राप्रपालाई मत दिनु पर्दछ । नेपालको माटो सुहाउँदो नीति र नेतृत्व राप्रपा नै हो । अब जनताले भारतमा भारतीय जनताले बिजेपीलाई मत दान गरे जस्तै नेपालमा राप्रपालाई मत दिनु पर्दछ । बिगतमा जे भयो भयो अब राप्रपालाई मत दिनु पर्दछ ।अहिले सत्ता र प्रतिपक्ष दलले देशलाई निकास दिन सक्दैनन। अहिलेको ब्यवस्थाको बिकल्प राप्रपाले मात्र दिन्छ । अवस्था बदल्न ब्यवस्था बदलौ राप्रपालाई साथ दिऔं ।