सर्वोच्च अदालतमा अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित

 

सर्वोच्च अदालतमा अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित गरिएको छ।

मुख्य रजिस्ट्रार बिमल पौडेलले एक सूचना जारी गर्दै बुधबार र बिहीबारदेखिका पेसीमा रहेका मुद्दाहरूको सुनुवाई सबै स्थगित गरेको जानकारी दिएका छन्।

अर्को सूचना जारी नभएसम्मका लागि सुनुवाइ स्थगित भएको हो।

पौडेलले अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको बताएका छन्। सर्वोच्चले असुविधाप्रति दुख समेत व्यक्त गरेको छ।