सुनको मूल्य तोलामा १ हजार १ सयले बढ्यो

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला २ लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।