काठमाडौँ । जेनजी विद्रोहपछि मुलुकमा उत्पन्न भएको नयाँ राजनीतिक परिस्थिति र त्यसले ल्याएको चुनौती तथा सम्भावनाबारे छलफल गर्न नेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको विशेष विस्तारित बैठक आज काठमाडौँमा बस्दैछ।
दीपज्योति ब्यांङ्कीट, बौद्ध पिपलबोट नजिक आयोजना गरिएको यस बैठकमा जेनजे विद्रोह पछिको परिवर्तित सन्दर्भलाई विश्लेषण गर्दै पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले विशेष राजनीतिक प्रस्ताव पेस गर्ने बताइएको छ। आजको बैठकमा अध्यक्ष बाबुराम भट्टराईले आफुले अध्यक्ष पद छाडेर दुर्गा सोब वा अरु उपाध्यक्षलाई संयोजक तोक्ने प्रस्ताब समेत राख्न सक्ने बुझिएको छ । बैठकले के निर्णय गर्दछ त्यो यसै भन्न सकिदैन ।
बिहान १० बजे सुरु हुने बैठकमा पार्टीका शीर्ष नेतृत्व, केन्द्रीय सदस्यहरू, प्रदेश संयोजकहरू, जिल्ला संयोजकहरू लगायत आमन्त्रित प्रतिनिधि तथा विज्ञहरूको सहभागिता रहनेछ।





















