काठमाडौँ । नारायणगढ –मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिकै पहिरो खसेकाले सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । केही दिनअघि पहिरो खसेकै स्थानमा आज बिहानदेखि सानो सानो आकारमा पहिरो खसिरहेको छ । बिहान एक चरण पहिरो हटाइएकामा झर्ने क्रम नरोकिएकाले यातायात फेरि अवरुद्ध बन्न पुगेको हो ।
सडक डिभिजन भरतपुरका अनुसार काठमाडौँबाट पोखरातर्फ जाने र आउने सवारी साधन सञ्चालनमा रहेता पनि चितवनतर्फ जाने र आउने सवारी साधन भने पहिरो पन्छाएपछि मात्र सञ्चालनमा आउने छन् ।
‘पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणको माध्यमबाट तत्काल पहिरो हटाउने कार्य सुचारू हुनेछ,’ कार्यालयले जानकारी दिएको छ ।