गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयब राजीनामा

 

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले प्रचण्डको सचिवालयबाट  राजीनामा दिएकी छन् । सोमबार दाहालले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गरेकी हुन् । दाहालले निरन्तर आफूलाई देखाएर पार्टीका संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारण सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएको बताएकी छन् ।

उनले भनेकी छन्– ‘निरन्तर मलाई देखाएर संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध प्रहार भइरहेका कारणले नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु ।’

 

उनले पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहने जनाएकी छन् ।