कांग्रेस चुनावबाट भाग्दैन, चुनावको वातावरण सरकारले बनाउनुपर्छ, कांग्रेसका कार्यवाहक सभापति खड्का

 

 

सुर्खेत । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस चुनावबाट नभाग्ने र त्यसका लागि तयार रहेको स्पष्ट पारेका छन्।

उनले सरकारलाई चुनावको वातावरण बनाउन आग्रह गरेका छन्।

‎‎मंगलबार बिहान वीरेन्द्रनगरमा आयोजित कांग्रेस सुर्खेतका पूर्व सभापति एवं जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति स्वर्गीय गोविन्दबहादुर मल्लको १३औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै खड्काले वर्तमान राजनीतिक अन्योलका लागि सरकारलाई जिम्मेवार रहेको बताए ।

 

खड्काले भने, ‘कांग्रेस चुनावबाट भाग्दैन, चुनावको वातावरण सरकारले बनाउनुपर्छ। हामी चुनावका लागि तयार छौँ। सरकारले वातावरण तयार गरोस्।’