११ औँ महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न एमालेको सचिवालय बैठक आज

 

 

काठमाडौँ  । ११ औँ महाधिवेशनको तयारीका सम्बन्धमा औपचारिक छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ बजे बैठक बस्दैछ ।

 

मङ्सिर २७ देखि २९ सम्म पोखरामा हुने ११ औँ महाधिवेशनको तयारीका सम्बन्धमा आजको बैठकमा प्रारम्भिक रिपोर्टिङ हुनेछ । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्ध्मा अर्यालले  पोखराको वस्तुस्थितिका बारेमा बैठकमा रिपोर्टिङ गर्ने तयारी छ । बैठकले महाधिवेशन तयारीका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी दिने सम्भावना छ ।