मास्टर मित्रसेन प्रतिष्ठानको साधारण सभाद्वारा नयाँ कार्य समिति चयन भएको छ । प्रतिष्ठानको नयाँ कार्य समितिको अध्यक्षमा पुनः गौ बहादुर आले चयन हुनु भएको हो । त्यसैगरी कार्यसमिति पदाधिकारीमा उपाध्यक्ष गायत्री राना मगर, महासचिव मित्र बहादुर राना मगर, सचिव अमला थापा मगर, कोषाध्यक्ष याम बहादुर थापा मगर, चयनका छन् ।
कार्यसमिति सदस्यहरुमा भने गुप्त बहादुर राना मगर, दीपा आले, ऋतु थापा मगर, सूर्य बहादुर राना मगर र राम बहादुर थापा मगर चयन भएका हुन् । प्रतिष्ठानको उक्त साधारण सभाले सल्लाहकार समितिमा संरक्षक तर्फ त्रिलोकसिंह थापा, दिल बहादुर थापा, हरि बहादुर थापा र कृष्ण बहादुर थापा चयन भएका छन् ।
प्रतिष्ठानको साधारण सभाबाट आएको नयाँ कार्यसमितिले छिटटै नै “मित्रसेन स्मारिका” प्रकाशनमा ल्याउने निर्णय गरेको छ । त्यसकोलागि संकलन गरिएका लेखहरुको अनुमोदन कार्य भइरहेको नवनिर्वाचित अध्यक्ष गौ बहादुर आलेले बताउनुभयो ।
साधारण सभामा महासचिव मित्र बहादुर राना मगर, र कोषाध्यक्ष याम बहादुर थापा मगरले संगाठनिक प्रतिवेदन र आर्थिक प्रतिवदेनमाथि प्रकाश पारेका थिए ।


















