ओलीलाई माधव नेपालले भनेः कतिपयको होस हवास उडेको छ, गाली गर्न पर्दैन, हामीलाई धन्यवाद दिनुस्

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरुको एकताका कारण नेकपा एमालेका सातो गएको टिप्पणी गरेका छन् । बुधवार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको बताउँदै एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको टिप्पणी गरे ।

आफूहरुको एकता अभियानले ओलीको होस हवास उडेको टिप्पणी गर्दै गालीगलौजमा उत्रिन आवश्यक नरहेको बताए । आफूहरुलाई धन्यवाद दिन प्रश्ताव पारित गरे घाउमा मल्हम लाग्ने उनको भनाइ छ ।

उनले कार्यक्रममा एकता गरेकोमा मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरुलाई धन्यवाद दिएका छन् । उनले एकता अभियानप्रति गौरववोध गर्नुपर्ने बताए ।