बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार, त्यहाँको एक अदालतले सोमबार हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको हो।
इन्टरनेसनल क्राइम ट्रिब्यूनलले हसिनामाथि लागेका मानवता विरुद्धको अपराधका ५ आरोपहरूमाथि सुनुवाइ गर्दै फैसला सुनाएको हो ।
यसमा हत्या, अपराध रोक्न नसक्नु र मानवता विरुद्धको अपराध सबैभन्दा महत्त्वपूर्ण छन्।
हसिनाको फैसलालाई लिएर देशभर हिंसा जारी छ। सरकारले उच्च सतर्कता (हाई अलर्ट) को घोषणा गरेको छ। ढाकामा १५,००० प्रहरी परिचालन गरिएको छ। उनीहरूलाई हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश दिइएको छ।
फैसला आउनुअघि नै हसिनाले आफूविरुद्धका आरोपहरू झूटो भएको र यस्ता फैसलाहरूलाई आफूले पर्वाह नगर्ने बताएकी थिइन्।
अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) को निर्णयअघि आफ्ना समर्थकहरूलाई पठाएको अडियो सन्देशमा अवामी लीग नेतृ हसिनाले नोबेल विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले आफूको पार्टीलाई समाप्त गर्ने षड्यन्त्र गरिरहेको बताइन् ।
‘यति सजिलो छैन, अवामी लीग जरा–जरा गाउँबाट उठेको पार्टी हो ।


















