घट्यो सुनचाँदीको मूल्य

साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १९०० रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ३ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।