एमाले नेता महेश बस्नेतलाई सुर्खेतमा पनि अवरोध प्रयास

नेकपा (एमाले)का नेता महेश बस्नेतलाई सुर्खेतमा केही युवाहरूले अवरोध गरेका छन् । मंगलबार राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न सुर्खेत पुगेका बस्नेतविरुद्ध केही युवाहरूको समूहले प्लेकार्डसहित नाराबाजी गरेर विरोध जनाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार बस्नेत अहिले जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा उनी सहभागी छन् । उनी आउने खबरपछि वीरेन्द्रनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसअघि विराटनगरबाट धरान जाने क्रममा बस्नेतलाई लक्षित गर्दै रातो रङ प्रहार गरिएको थियो ।