इथोपियामा ज्वालामुखी विस्फोटः नेपालबाट हुने दुई उडान रद्द

इथोपियामा भएको ज्वालामुखी विस्फोटका कारण नेपालबाट हुने दुई हवाई उडान रद्द गरिएको छ । नेपालबाट मंगलबार बिहान १० र ११ बजे हुने तालिका रहेको कतार एयरवेजका दुई उडान उक्त ज्वालामुखीका कारण खरानी उड्दा रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

ती उडान मंगलबारै राति १२ बजेपछि मात्र हुनेछ । ज्वालामुखी विस्फोटका कारण खरानी उडेपछि कतार जाने दुई उडान रद्द भएको हो । उताबाट आउने पनि रद्द भएको छ । सबै उडान राति १२ बजेपछि सुचारु हुने कम्पनीले जानकारी दिएको छ ।