काठमाडाैंमा जारी एनपीएल दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले बिहीबारको खेलमा आमा स्पेसल जर्सी लगाउने भएको छ । आमाहरूप्रति सम्मान व्यक्त गर्दै आफ्नो नामको सट्टा आमाको नाम भएको जर्सी लगाउने भएको हो ।
खेलपछि त्यो जर्सी अक्सन गरेर उठेको पैसा आमा समूहलाई सहयोग गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जनकपुर बोल्ट्सले हरेक वर्ष यस प्रकारको काम गर्ने बताएको छ ।
जनकपुर बोल्ट्सका खेलाडीहरूले बिहीबार लगाएर खेल्ने जर्सी सार्वजनिक गरेका छन् ।


















