नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले महाधिवेशमार्फ संगठन पुर्नसंरचनाको माग बेवास्ता गरेको आरोप लगाएका छन् । बुधवार काठमाडौंमा आयोजित विशेष महाधिवेशन पक्षधर नेताहरूको भेलालाई सम्बोधन गर्दै घिमिरेले यस्तो आरोप लगाएका हुन् । उनले विगत ३५ वर्षको पार्टी सञ्चालन र नेतृत्वको कार्यशैलीमाथि गम्भीर समीक्षा आवश्यक रहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन आयोजना अपरिहार्य आवश्यकता भएको बताए ।
उनले नेपाली काँग्रेस विगत ३५ वर्षदेखि निरन्तर सरकारमा रहेको उल्लेख गर्दै सरकारमा रहँदा गरेका कामहरुको समिक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले पार्टीको सुधारको लागि केन्द्रिय समितिको सिमित घेराले मात्रै पर्याप्त नहुने भन्दै नियमित महाधिवेशन अपरिहार्य रहेको उनले दोहो¥याए । सत्तामा बसेका बेला पार्टीले सञ्चित गरेको धुलो र हिलो पखाल्नुपर्ने घिमिरेको तर्क थियो । उनले गत असोज २८ देखि चलिरहेको काँग्रेस केन्द्रिय समितिको बैठकले आजसम्म उल्लेख्य निष्कर्ष निकाल्न नसक्नु पार्टी नेतृत्वको कमजोरीको परिणाम भएको पनि बताए ।
उनले काँग्रेस केन्द्रिय समिति बैठकले संसारका सबै रेकर्डहरु भंग गरिसक्दा समेत निर्वाचनमा सहभागि हुने निर्णयबाहेक निष्कर्ष निकाल्न नसकेको टिप्पणी गरे । उनले ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्नुको सट्टा उल्टै अपमानित गर्ने काम गरेको भन्दै त्यस्तो नगर्न समेत पार्टी नेतृत्वलाई चेतावनी दिए । उनले विशेष महाधिवेशनमार्फत नयाँ पुस्ताको सहभागितासहित पार्टी पुनःसंरचना गर्नुपर्ने माग दोहो¥याए । उनले पुस मसान्तसम्म विशेष महाविधेशनको कार्यकालिता सार्वजनिक गर्न माग समेत गरेका छन् ।


















