नेपाली कम्युनिस्ट पार्टीले शनिबार लुम्बिनी प्रदेशमा सन्देश सभा गरेको छ।
लुम्बिनी प्रदेशस्तरीय सन्देश सभा दाङको देउखुरीमा भइरहेको छ।
सन्देश सभालाई सम्बोधन गर्न संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू वामदेव गौतम लगायत प्रदेशस्तरीय नेताहरू सहभागी छन्।
नेकपाले शुक्रबारदेखि प्रदेश-प्रदेशमा सन्देश सभा आयोजना गरिरहेको छ।
शुक्रबार सुदुरपश्चिम सन्देश सभा अन्तर्गत धनगढीमा कार्यक्रम गरिएको थियो।
गण्डकीको पोखरामा मंसिर १४ गते, कोशीको विराटनगरमा मंसिर १५ गते सभा हुनेछ।
साथै कर्णालीको सुर्खेतमा मंसिर १८ गते, मधेसको जनकपुरमा मंसिर २० गते र बागमतीको हेटौंडामा मंसिर २३ गते सभा हुनेछ।
मंसिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुनेछ।


















